साझा नेटवर्क
अनिश शर्मा गैरे,गुल्मी चैत्र १९।
आगामी स्थानीय निकायको तयारीको लागि भन्दै नेकपा एमाले मुसीकोट नगरपालीकाको वडा नम्बर ४ को लागि निर्वाचन परिचालन समितिको गठन गरिएको छ ।
ओम बहादुर कार्कीको अध्यक्षता रहेको कार्यक्रममा पुर्व अञ्चल कमिटि समन्वय समिति सदस्य खडक बहादुर केसीको प्रमुख आतिथ्यता तथा नेकपा एमाले सम्बद्ध ब्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमले ओम बहादुर कार्कीको संयोजकत्वमा १ सय ६३ सदस्यीय निर्वाचन परिचालन समितिको गठन गरिएको छ ।
जिल्ला सचिवालय सदस्य हरि छन्त्यालको स्वागत रहेको कार्यक्रमको सञ्चालन दुर्गा राकसकोटीले गर्नुभएको थियो । कार्यक्रममा साविकको वडागाँउ गाबिसका पुर्व पार्टी अध्यक्ष दुर्गा सुर्यबंशी, मुसीकोट नगर संयोजक कमला शर्मा, राम बहादुर कार्की लगायतले बोल्नुभएको थियो । कार्यक्रमले आगामी निर्वाचनमा नेकपा एमालेलाइ बिजयी गराउने लक्ष्य सहित अगाडी बढ्ने निर्णय समेत गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend