logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल तरुण दलको संगठन सुदृढिकरण कार्यक्रम वामीमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश शर्मा गैरे,गुल्मी चैत्र १९।
आज मुसीकोट नगरपालीकाको वडा नम्बर ८ मा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको संगठन सुदृढिकरण वामीमा सम्पन्न भएको छ । मुसीकोट नगरपालीका तरुण दल संयोजक तथा महाधिबेशन प्रतिनिधि सन्तोष शाक्यको अध्यक्षता रहेको कार्यक्रममा तरुण दल जिल्ला अध्यक्ष भरत भलामीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पुर्व जिल्ला सदस्य फन बहादुर रायमाझी, साविकको वामी गाँउ कार्य समितिका सदस्य अर्जुन सापकोटा, नेबिसंघ जिल्ला सदस्य राम प्रसाद आचार्य, तरुण दल साविकका वामीका अध्यक्ष बिक्रम श्रेष्ठ, उपाध्यक्ष बिनोद थापा, मान प्रसाद श्रेष्ठ, लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममले नवराज सापकोटाको अध्यक्षतामा ६५ सदस्यीय तरुण दल मुसीकोट नगरपालीकाको वडा नम्बर ८ कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा ढाल बहादुर केसी, यम बहादुर छन्तेल, गीरी प्रसाद बुढाथोकी, सचिबमा टेक बहादुर सार्की, सहसचिबमा फट बहादुर राना, कोषाध्यक्षमा सीमा सापकोटा लगायत अन्य सदस्यहरु रहनुभएको छ ।

कार्यक्रममा नेबिसंघ जिल्ला सदस्य राम प्रसाद आचार्यको स्वागत रहेको थियो भने सञ्चालन केशर रायमाझीले गर्नुभएको थियो ।यसै बिच तरुण दलले गुल्मीमा तरुण दलको संगठन बिस्तार कार्यक्रमलाइ अझै प्रभावकारी बनाउँदै लैजाने जनाइएको छ । बिस्तार हुने कार्यक्रम यही चैत्र १८ गतेदेखी २८ सम्म रहने जनाइएको छ । यो अवधीमा संगठन बिस्तारको कामलाइ अझै कडा तरिकाले लैजाने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend