साझा नेटवर्क
अनिश शर्मा गैरे,गुल्मी चैत्र १९ ।
मुसीकोट नगरपालीकाको वडा नम्बर १ कोे बृहत आमसभा पौदी थामडाडामा सम्पन्न भएको छ । नेका नगरका वडा १ सभापति दान बहादुर केसीको सभापतित्व रहेका कार्यक्रममा जिल्ला उपसभापति बिष्णु बलालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि इन्द्र घर्ती, जिल्ला सचिब बिष्णु सापकोटा, जिल्ला सदस्य कल्पना घिमिरे, इलाका नम्बर ९ का संयोजक झबिलाल भण्डारी, पुर्व जिल्ला सदस्य द्धोय रामराज घिमिरे, हरि बहादुर थापा, नेपाली काँग्रेस साविकको वामी गाबिसका सभापति सुदर्शन शाक्य, क्षेत्रीय सदस्य मोहन घिमिरे, नेपाल राष्ट्रिय सर्बाेदय माबि पौदीका प्रद्यानाध्यापक, चिरञ्जीवी थापा, पौदी अमराइ अपाँग संघका अध्यक्ष चुरामणी घिमिरे, मुसीकोन नपा वडा नम्बर १ का उपसभापति पुर्ण बहादुर हितान, पुर्व सभापति दन्दु गीरी, वामीका पुर्व सभापति कृष्णहरी सापकोटा, पुर्व जिल्ला सभापति सुरेशचन्द्र भुषाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सदस्य लगायत नेपाल काँग्रेसमा आस्थावन कार्यकर्ताहरुको सहभागीता रहेको थियो । पार्टीका क्रियाशील सदस्य दिनानाथ पौडेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन सक्रिय सदस्य भिम पाण्डेले गर्नुभएको थियो । कार्यक्रमको अवसरमा अन्य बिभिन्न पार्टीहरु परित्याग गरी ३५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend