साझा नेटवर्क
अनिश शर्मा गैरे,गुल्मी ।
साविकको वामी गाबिस तथा मुसीकोट नगरपालीकाको वडा नम्बर ८ पहिला घर भइ हाल काठमाण्डौमा बस्नुहुने सापकोटा दम्पतीले प्रहरी चौकी वामी र वामीका दुइ बिद्यालयहरुलाइ सहयोग प्रदान गर्नुभएको छ ।
वामीको मिजरपोखरा घर भइ हाल काठमाण्डौको नयाँ बानेश्वरमा बसोबास हुनुभएका लालमणी सापकोटा र उहाँकी धर्मपत्नी गँगादेवी सापकोटाले सो सहयोग गर्नुभएको हो । उहाँले करिब २ लाखको लगानीमा प्रहरी चौकी वामीमा प्रतिक्षालय निर्माण गरिदिनुभएको छ । सो प्रतिक्षालयको आज एक कार्यक्रमको अवसर पारी सो प्रतिक्षालयको समुद्घाटन गरिएको छ । निर्माण समितिका संयोजक रामचन्द्र सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुँगानाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा गुल्मीका प्रहरी उपरिक्षक भोला बहादुर रावल, सहयोग दाता सापकोटा दम्पती, नेपाली काँग्रेस जिल्ला सचिब बिष्णु सापकोटाको बिशेष आतिथ्यता रहेको थियो । त्यसेगरी कार्यक्रममा शिक्षक युनियन जिल्ला अध्यक्ष भिमलाल सापकोटा, नेपाली काग्रेस साविकको वामीका सभापति सुदर्शन शाक्य, नेकपा एमाले वामी अध्यक्ष गोपिकृष्ण खरेल, नेकपा माओबादी केन्द्रका राजन सापकोटा, जनमोर्चाका मोहनलाल श्रेष्ठ, एकल महिला संघ जिल्ला संयोजक कल्पना घिमिरे, प्रहरी चौकी वामीका प्मुख लाल कुमार श्रेष्ठ, सुरक्षा बेस क्याम्पका दिनेश भण्डारी, रुद्रावती बहुमुखी क्याम्पस वामीका अध्यक्ष महेश जिसी, निमित्त क्याम्पस प्रमुख रामु तिवारी, मुसीकोट नगरपालीका निमित्त कार्यकारी अधिकृत नवराज घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रजिअ ढुँगाना, प्रहरी उपरिक्षक भोला बहादुर रावल, काँग्रेस जिल्ला सचिब बिष्णु सापकोटा, शारदा बिद्या मन्दिर माबि वामी मैदानका प्रद्यानाध्यापक ज्ञानहरी सापकोटा लगायतले बोल्नुभएको थियो । शिक्षक युनियन जिल्ला अध्यक्ष भिमलाल सापकोटाको स्वागत रहेको कार्यक्रमको सञ्चालन महेन्द्र आदर्श माबिका शिक्षक बेद प्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा एक मिनेट सहिदरुको सम्झनामा मौन धारण गरिएको थियो भने प्रतिक्षालय प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुँगानाद्धारा मैनबत्ती बाली उद्घाटन गरिएको थियो ।
कार्यक्रमको अवसरमा दानवीर सापकोटा दम्पतीले वामीका दुइ बिद्यालयलाइ सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । उहाँको वामीको महेन्द्र आदर्श माबिलाइ १ लाख १ हजार, शारदा बिद्या मन्दिर माबि वामी मैदानलाइ ५१ हजार सहयोग गर्ने जानकारी दिनुभयो । उहाँँका २ छोरा र १ छोरी रहेका छन । छोराहरु अष्ट्रेलीया र पोल्याण्डमा रहेका छन । उहाँ बिगत लामो समय देखी सामाजिक कार्यहरुमा समाबेश हुँदै आउनुभएको छ । उहाँ सँग गरिएको एक रेडियो कुराकानी केही समय पछि बिशेष खबरमा प्रस्तुत गर्ने छौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend