logo
  • शनिबार, असोज १० २०८३

शान्ति प्रवद्धनका लागि शान्ति पदयात्रा तथा शान्ति सभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सुवास विश्वकर्मा,पाल्पा १९ ।
स्थानीय शान्ति समिति पाल्पाले स्थानीय स्तरमा सामाजिक सद्भाव र शान्ति प्रवद्धनका लागि शान्ति पदयात्रा तथा शान्ति सभा कार्यक्रम सम्पन्न गरेको छ ।

पाल्पाको तासेनमा रहेको ऐतिहासिक पाल्पा दरबारबाट शुरु भएको पदयात्रा कार्यक्रम प्रेमको प्रतिक रानीमहल गएर शान्ति सभामा परिणत भएको थियो । शान्ति पदयात्रा कार्यक्रममा शान्ति समितिका पदाधिकारीहरु, राजनीतिक दलका प्रमुख एवंम प्रतिनिधिहरु, स्थानीय विकास अधिकारी राम प्रसाद पाण्डे, गणपति दिर्घ बहादुर चन्द, प्रहरी उपरिक्षक हरिराज वाग्ले,सहायक प्रमुख जिल्ला अधिकारी धु्रव बहादुर कुवर लगाएत उपस्थित रहेको थियो ।

समितिको संयोजक यादव बहादुर रायमाझीको सभापतिमा सम्पन्न शान्ति सभा कार्यक्रममा सबै सहभागिहरुले शान्ति प्रति प्रतिवद्धता जाहेर व्यक्त गर्दै नयाँ वर्ष २०७४ को शुभकामना प्रदान गर्नुभएको थियो । शान्ति स्थापनाका लागि प्रतिवद्धता व्यक्त गर्नु हुनेमानेपाली काग्रेसका जिल्ला सचिव अम्बिका पौडेल, ने.क.पा. एमालेका अध्यक्ष नारायण आर्चाय, माओवादी केन्द्रका नेत्र प्रसाद पाण्डे, रा.प्र.पा. इश्वर निरजंगराना जनमोर्चाका तिलक गाहा, ने.क.पा.मालेका धनराज पौडेल, स्थानीय विकास अधिकारी, गणपति, शान्ति समितिको पूर्व संयोजकहरु प्रेमनाथ बस्याल,डुल बहादुर कुवांर, विशाल दर्लामी, नविन थापा, पार्वती वि.क., समितिका सदस्यहरु राजेन्द्रलक्ष्मी गैरे, विष्णु माया थापा, भगवान भण्डारी, गीता शर्मा,वासुदेव अर्याल, रहनु भएको थियो ।

यसैगरि शान्ति सभा कार्यक्रममा पूर्व सांसदहरु नारायणी शर्मा, कुल प्रसाद नेपाल तथा उद्योग बाणिज्यसंघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले शान्ति स्थापनाका लागिसबै एकजुट भई अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend