logo
  • शुक्रबार, असोज ९ २०८३

निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका केन्द्रिय सचिव गोकर्णराज विष्ट गृह जिल्लामा व्यस्त


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार,गुल्मी चैत्र १८ ।
स्थानिय तहको निर्वाचनको पुर्व सन्ध्यामा नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नम्वर–३ का सांसद गोकर्णराज विष्ट गृह जिल्लाका विभिन्न गाउँहरुमा व्यस्त रहेका छन् । मंगलवार देखि उनि रेसुङ्गा नगरपालिका हुँदै हस्तीचौर, वडागाउँ वामी र आज मालिका गाउँपालिका अन्तर्गतका विभिन्न गाउँहरुमा पुगेका हुन् ।

यसै विच आज मदाने गाउँपालिका अन्तरगतका विभिन्न गाउँहरुमा पुग्ने क्रममा नेता विष्टले पुर्कोटदहमा आज देखि सुरु हुने होटल तथा होम स्टे व्यवस्थापन र स्थानिय उत्पादन प्रर्वद्र्धन तालिमको उद्घाटन समेत गरेका छन् । तालिमको उद्घाटन गर्दै विष्टले अन्य विकासित मुलुकहरुमा पनि साना तिनो व्यवसायबाट सुरु गरेर अहिले ठुला ठुला उद्योग सञ्चालन भई रहेको उदाहरण देखाउँदै स्थानिय उत्पादनलाई अघि वढाउन किसान र साना उद्यमीहरुलाई प्रोत्साहित गरेका थिए ।

उनले पुर्कोदह वजार सरसफाईको सह्रान गर्दै अन्य गाउँवासीले पनि त्यसको सिको गर्नु पर्नेमा जोड दिएको हाम्रा समाचारदाताले बताएका छन् । तालिममा मदाने गाउँपालिका अन्तर्गतका विभिन्न साविकका गाविसका मानिसहरुको सहभागीता रहेको आयोजक संस्था होटल व्यवसायी मञ्च गुल्मीले जनाएको छ । जिल्लाका पाँच वटा स्थान भुवाचिदी, सिमलटारी, चोरकाटे , सिमलटारी र पुर्र्कोटदमा आज देखि तिन दिन सम्म सञ्चालन भएको तालिमको सहयोगी संस्थाहरु सिटीईभिटी पोखरा , पर्यटन वोर्ड पोखरा र रुरु रेसुङ्गा संरक्षण तथा तथा पर्यटन विकास समिति गुल्मी रहेको आयोजक संस्थाका संस्थापक अध्यक्ष युवराज भण्डारीले जानकारी दिएका छन् ।

तालिम उद्घाटन समारोहमा पुर्कोटदहका पुराना समाज सेवी चक्रबहादुर कुँवर, वजार सरसफाई समितिका अध्यक्ष भोजराज कुँवर, जनज्योति क्याम्पसका प्रमुख रेशमबहादुर कुँवर लगायतले मन्तव्य राखेका थिए । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भोषराज कुँवरको अध्यक्षता रहेको कार्यक्रममा संस्थापक अध्यक्ष युवराज भण्डारीको स्वागत मन्तव्य र कोषाध्यक्ष जंगबहादुर कुँवरको सञ्चालन रहेको थियो । आईतवार तालिमको सदरमुकाम तम्घासमा समापन गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend