साझा नेटवर्क
प्रेम सुनार,गुल्मी चैत्र १८ ।
नेकपा एमाले निकट दलित संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज ईस्मा गाउँपालिकाको भेला आज दोहलीमा सम्पन्न भएको छ । भेलाले दलित समुदायबाट १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको नेकपा एमाले दोहली गाउँ कमिटी अध्यक्ष विष्णु सुनारले जानकारी दिए ।
उनका अनुसार परिचालन कमिटीको अध्यक्ष मानबहादुर बिश्वकर्मा चयन भएका छन् । उपाध्यक्षमा रामबहादुर नेपाली, सचिवमा पवित्र बिक, कोषाध्यक्षमा ढालबहादुर बिक लगायत रहेका छन् । त्यस्तै जंगबहादुर नेपालीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति र १७ सदस्यीय सचिवालय समेत गठन गरिएको जनाईएको छ ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य लक्ष्मण विष्टको प्रमुख आतिथ्यता रहेको थियो भने मुक्ति समाजको केन्द्रिय सदस्य कृष्ण सुनारको विशेष आतिथ्ता रहेको थियो । कार्यक्रममा समाजका जिल्ला अध्यक्ष दलबहादुर बिक, सदस्य हेमन्त सुनार , पार्टीका सदस्यहरु तोयनाथ सापकोटा , विमला केसी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम नेकपा एमाले दोहली गाउँ कमिटीअध्यक्ष विष्णु सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो । यसै विच केहि दिन अघिको भेलाले दोहली गाउँ कमिटी अध्यक्ष उनै सुनारको नेतृत्वमा नेकपा एमाले निर्वाचन जनपरिचान समिति गठन गरेको जनाईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend