साझा नेटवर्क
प्रेम सुनार,गुल्मी चैत्र १८ ।
नेकपा एमालेका केन्द्रिय सचिव गोकर्णराज विष्टले बैशाख ३१ गत स्थानिय तहको निर्वाचन भएर छाड्ने ठोकुवा गरेका छन् । नेकपा एमाले मदाने गाउँपालिका अन्तर्गत पुर्कोट दह र म्यालपोखरीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले लामो समयदेखि स्थानीय तहमा जनप्रतिनिधि विहिन हुदाँ जनताका लागि काम गर्नेअप्ठ्यारो भइरहेकोकाले तोकिएकै मितिमा निर्वाचन हुनेमा कसैले शंका नगर्न आग्रह समेत गरेका थिए ।
पुर्व उर्जामन्त्रि तथा व्यवस्थापिका संसद्का सांसद समेत रहेका विष्टले गाउँमा भइरहेका विकास निर्माणका काममा कसैले पनि राजनिति नगर्न सुझाव समेत दिए । साथै उनले आसन्न निर्वाचन क्षेत्रमा आफुले अगाडि सारेका योजनाहरुमा केही व्यीक्तले गलत प्रचार गर्ने काम भइरहेकाले सचेत हुन पनि आग्रह गरे । नेकपा एमाले मदाने गाउँपालिका अन्र्तगत जिल्ला स्थिीत पुर्काटदह र म्यालपोखरी गाविस अन्र्तगत आयोजना गरिएको चुनावी अभियान कार्यक्रममा पाटी कार्यकर्ताहरुलाई निर्वाचनमा लाग्न निर्देशन समेत दिएका छन् ।
पुर्कोदहमा सम्पन्न कार्यक्रम गुमानसिहं जिसिको अध्यक्षतामा सम्पन्न भएको थियो । म्यालपोखरी गाविसमा भएको कार्यक्रममा झविन्द्र पुरीको अध्यक्षतामा सम्पन्न भएको हो । दुवै कार्यक्रममा जिल्ला कमिटि सदस्य केशव चन्द बोहोरा,वृद्धिजिवि परिषद्का केन्द्रिय सदस्य दान बहादुर केशी, क्षेत्रिय सदस्य टोकम कुवँर लगायत कार्यक्रममा ठुलो सहभागिता रहेको कार्यक्रममा सहभागी प्रेस चौतारी गुल्मीका अध्यक्ष शिव सुवेदीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend