logo
  • शुक्रबार, असोज ९ २०८३

एमाले भनभनेको भेला सम्पन्न : दुई दर्जन एमालेमा प्रवेश


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल,गुल्मी चैत्र १७ ।
नेकपा एमाले मदाने गाउँपालिका अन्तरगत वडा नं ७ को भेला भनभनेको टिमुरखर्कमा सम्पन्न भएको छ । भेलालाई संबोधन गर्दै एमाले सचिव गोकर्ण बिष्टले एमाले प्रतिको जनलहर देखेर अरु पार्टी अत्तालिएकाले धैर्यताका साथ मत सुरक्षित गर्न एमाले सचिव गोकर्ण बिष्टले कार्यक्रर्तालाई आग्रह गरेका छन् ।

नेकपा एमालेको चुनावी अभियानलाई भनभनेमा संबोधन गर्दै नेता बिष्टले जनतामा आएको एमाले मोह प्रति केहि पार्टीले अत्तालिएर मोर्चाबन्दी गरेको आरोप लगाए । ‘देशको राष्ट्रिय स्वाधिनताका पक्षमा एमालेले धेरै जोखिम मोलेको छ,’ बिष्टले भने,‘ त्यसैले मधेसवादी सहितका केहि पार्टीले एमाले बिरुद्धमा मोर्चाबन्दी गरिरहेका छन् ।’ पुर्व मन्त्री समेत रहेका बिष्टले मधेसको केहि भागमा बाहेक देशका धेरै भागमा चुनावी माहोल तातेकाले बैशाख ३१ मा कुनै पनि हालतमा चुनाव नरोकिने बताए ।

‘अहिले देशको सम्मान र स्वतन्त्रतामा प्रहार भैरहेको छ,’ उनले भने,‘ मुलुकमाथि भैरहेको षड्यन्त्रका विरुद्ध एमाले लागिरहेको छ ।’ भनभनेमा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने दुई दर्जन कार्यक्रतालाई स्वागत गर्दै देश परिर्वतन गर्ने जिम्मेवारी एमालेको काँधमा आएकाले स्थानीय तहको निर्वाचनमा एमालेको नीति जनता माझ लिएर जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए । स्थानीय तहको चुनावलाई लक्षित गरेर १० दिने अभियानका लागी जिल्ला आएका सचिव बिष्टले विभिन्न ठाउँका आमसभाको संबोधन गर्ने कार्यक्रम रहेको छ ।

भनेभने गाउँकिमटीका अध्यक्ष प्रेम घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा केन्द्रिय सचिव बिष्ट, एमाले नेता तोकम कुवंर, प्रेस चौतारीका केन्द्रिय सस्य घनश्याम गौतम, जिल्ला अध्यक्ष शिव सुवेदी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend