साझा नेटवर्क
गुल्मी,चैत्र १७ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत रहेर आज रे.न.पा १० स्थित सिमिचौर स्वास्थ्य चौकीको वर्षिक बजेट ट्रयाकिङ्ग (सामाजिक परिक्षण) कार्याक्रम स्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष श्री देव बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्च श्री ओम बहादुर थापाले स्वास्थ्य चौकीका गतिविधिहरु साथै आय–व्यय प्रस्तुत गर्नु भएको थियो भने सुशासन अभियान गुल्मीका कोषाध्यक्ष माहाशर्मा भण्डारीले एलाक आउटरिच कार्यक्रम बारे जानकारी दिनुभएको थियो । साथै उक्त कार्यक्रमको सहजीकरण सुशासन अभियान गुल्मीका सह–सचिव विनोद पाण्डेयले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend