logo
  • शनिबार, असोज १० २०८३

दुदिलाभाटिको पेरिबाङमा पिक अप दुर्घटना, १ गम्बिर घाइते


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बाग्लुंग,चैत्र १७ ।
बागलुङ बजार बाट बरेङ गाउपालिका वडा नं. ३ बाटाकाचौरका लागि छुटेको पिकअप जिप साबिकको दुदिलाभाटि गाबिस वडा नं. ६ पेरिबाङमा दुर्घटना भएको छ ।

ध १ ज १३४ नं. को पिक अप जिप आज सवा बाह्र बजे पेरिबाङको ठाडो बाटोमा चिप्लिएर दुर्घटनामा परेको हो । दुर्घटना बाट जिपमा सवार ५ जना सामान्य घाईते भएका छन् भने १ जना गम्भिर घाईते भएका छन् । घाईते सबैलाई प्राथमिक उपचारार्थ हटिया स्वास्थ्य चौकी गलकोट लगिएको छ ।

घाँस काट्दै गरेकी १ स्थानिय महिलाले जिप दुर्घटनामा परेको देखेपछि तत्काल स्थानियले उद्धार गरेका थिए । सख्त घाईते मध्येका १ जना बरेङ गाउपालिका वडा नं. १ धुल्लुबाँस्कोट बरेङ निबासि सेतु मिया रहेको घटना स्थलबाट सहकर्मी दिपेन्द्र परियारले बताउनु भएको छ भने यस संबन्धी थप समाचार आउन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend