logo
  • शुक्रबार, असोज ९ २०८३

पीपलधारामा एमालेको भेला सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल,गुल्मी चैत्र १७ ।
नेकपा एमाले धुर्कोट गाउँपालिका अन्तरगत वडा नं २ पीपलधारामा भेला सम्पन्न भएको छ । भेलाले गोपाल सुनारको संयोजकत्वमा एक सय एक सदस्य रहेको निर्वाचन परिचालन कमिटी पीपलधारा गठन गरेको छ ।

त्यस्तै सरिता खनालको संयोजकत्वमा ३५ सदस्य रहेको अनेमसंघ गठन गरिएको नेकपा एमाले पीपलधाराले जनाएको छ । साथै सोहि भेलाले कृष्ण थापाको संयोजकत्वमा ३१ सदस्य युवा संघ नेपाल पनि गठन गरेको छ । संगठन निर्माण भएसंगै स्थानीय तहको बैशाख ३१ गतेको चुनावमा एमालेलाई बिजयी बनाउन विभिन्न गतिविधी संचालन गरिने निर्वाचन परिचालन कमिटी पीपलधाराका संयोजक सुनारले बताए ।

भेलामा नेपाली कांङग्रेस परित्याग गरी २८ र माओवादी केन्द्र परित्याग गरी १६ गरी ४४ जना एमालेमा प्रवेश गरेको संयोजक सुनारले बताए । प्रवेश गर्ने सवैलाई स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथी धुर्कोट गाउँपालिका निर्वाचन परिचालन कमिटीका संयोजक कृष्ण घिमिरेले गाउँपालिका जित्ने सुनिश्चत भएकाले ढुक्क संग पार्टी र चुनावी अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रम पीपलधारा वडा कमिटी अध्यक्ष बाबुराम खड्काको अध्यक्षता, संयोजक घिमिरेको प्रमुख तथा धुर्कोट गाउँपालिका सचिव नरेश भण्डारीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सचिव गोपाल सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend