साझा नेटवर्क
अनिश शर्मा गैरे, वामी गुल्मी ।
नेकपा माओबादी केन्द्रको शुभेच्छुक संस्था एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा गुल्मीका इन्चार्ज रामकृष्ण क्रंडेल आज एक कार्यक्रमका बिच नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा एमाले साविकको वामी गाबिसका अध्यक्ष गोपिकृष्ण खरेलको अध्यक्षता रहेको कार्यक्रमले भब्य रुपमा कंडेललाइ स्वागत गरेको हो ।अहिलेको समयमा देश र जनताको मुक्तिको लागि लड्नेपार्टी नेकपा एमाले भएको हुनाले एमाले पार्टी कमजोर भएरमा देशलाइ नै गाह्रो हुने भन्दै उहाँ आफु एमालेमा प्रवेश गरेको प्रवेशी कंडेलले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य महेश जिसी, क्षेत्रीय उपसचिब प्रकाश काफ्ले, गुल्मी–काठमाण्डौ सम्पर्क मञ्चका सल्लाहकार रामकृष्ण खरेल, जिल्ला सदस्य टेक राहडी अग्निधर लोहनी लगायतले स्वागत भाषण राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन हरिहर सापकोटाले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend