साझा नेटवर्क
काठमाडौं, चैत्र १६ ।
मानब जीवनमा विभिन्न रुचिहरु मध्ये अहिले नृत्य पनि अभिन्न रुचि बन्न पुगेको छ । बिसेस गरि आधुनिक युगका युवा युवतीमा यो मोह अत्यन्तै बढ्दै गएको छ ।
बिबाह पार्टी , सांगीतिक कार्यक्रम , अतिरिक्त कार्यक्रममा समेत गायन र नृत्य ले अझ रौनकता दिने भएकोले पनि युवा युवती अग्रसरता देखाएको हुन सक्छ । पछिल्लो समयमा कलाकेन्द्रहरुमा नृत्य सिक्दै गरेका र सिकाउदै गर्नेहरु पनि कभर भिडियो निर्माण गरेर आफ्नो कलालाई दर्शक माझ ल्याउन पाउदा आफ्नो कला देखाउने एकमात्र बलिओ आधार मानेका छन् ।
नेपालमा करिब २ दर्जन भन्दा बढी कभर भिडियो निर्माण गर्ने टोलिहरु छन, बजारमा कुनै नया गीत आयो भने कभर भिडियो निर्माण गर्न अघि सर्ने हरु मध्ये कार्टून क्रिउ,रिपर्ज़ वाइल्ड क्रियु, भीमफेदी गाइज,क्रियटिव गाइज बुटवल,नेपाल डान्स ग्रुप, सुर्योदय डान्स, हाम्रो डान्स सेन्टर,स्टार ग्रुप, लगायत धेरै ग्रुपहरु छन् जसले बेला बेलामा आफ्नो कभर भिडियो बजारमा ल्याएर दर्शकलाई छुट्टै मज्जा दिईरहेका छन्, कभर भिडियोमा देखिएका डान्सरहरुले यदि राम्रो अवसर पाएमा कोहि भन्दा कोहि कम छैनन् हेरौ यो नया कभर भिडियो जुन बुटवल देखि निर्माण भएको छ ।
भिडियो हेर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend