साझा नेटवर्क
विमल नेपाली,गुल्मी चैत्र १५ ।
नेकपा एमालेको निर्वाचन लक्षित कार्यक्रम अन्तरगत आज मुसिकोट नगरपालिका वडा नम्बर ५ मा वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएका छ ।

भेलामा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सचिव सोमनाथ सापकोटाले राज्यको पुनर्सरचनासँगै स्थानीय तहमा धेरै अधिकार आएकोले त्यो अधिकारलाई प्रयोग गरी मुसिकोट नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउपर्ने र त्यसका लागि एमालेलाई जिताउनुपर्ने बताउनुभयो । उहाँले सम्पुुर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित भएर लाग्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै क्षेत्रीय उपसचिव तथा निर्वाचन परिचालन कमिटी मुसिकोट नगरपालिका कोषाध्यक्ष प्रकाश काफ्लेले गरिवी र बेरोजगारीको दुषचक्रबाट मुक्त हुन नेकपा एमालेबाट मात्र सम्भव रहेकोले समृद्धिका सपना साकार पार्न तिनै तहको निर्वाचनमा नेकपा एमालेको उम्मेद्वारहरुलाई अत्याधिक मतका साथ विजय गराउनुपर्ने बताउनु भयो ।

भेलाले ऋषिश्वर अर्यालको संयोजकत्वमा १२५ सदस्यीय वडा स्तरीय निर्वाचन परिचालन कमिटीको गठन गरिएको छ । कार्यक्रममा जिल्ला सचिवालय सदस्य जिवन खरेल, अनेरास्ववियु जिल्ला सचिवालय सदस्य एवम रेसुङगा बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम महतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम वडा निर्वाचन परिचालन कमिटिका अध्यक्ष ऋषिश्वर अर्यालको अध्यक्षता, नेकपा एमाले जिल्ला कमिटीका सचिव सोमनाथ सापकोटाको प्रमुख आतिथ्यिता एवम रामेश्वर अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend