साझा नेटवर्क
विमल नेपाली,बाग्लुङ चैत्र १५ ।
जिल्ला वन कार्यालय बाग्लुङको आयोजनामा डढेलो सचेतना गोष्ठी एवम तालिम इलाका वन कार्यालय डुडेवाचौरमा सुरु भएको छ ।
कार्यक्रममा इलाका वन कार्यालय बोङगादोभान, इलाका वन कार्यालय बुर्तिबाङ, इलाका वन कार्यालय खर्वाङ, प्रहरी चौकी खर्वाङका कर्मचारी एवम पत्रकार गरी १५ जनको सहभागिता रहेको छ । कार्यक्रममा जिल्ला वन कार्यालय बाग्लुङका वन अधिकृत विन्दुकुमारी मिश्रले सहजीकरण गर्नुभएको छ । कार्यक्रममा मिश्रले डढेलो भनेको केहो, कसरी लाग्छ, डढेलो लागेमा नियन्त्रण लागि अपनाउनुपर्ने विशेष उपायहरु, वनमा डढेलो लगाउने व्यक्तिलाई के कस्तो कार्वाही हुन्छ र यस सम्वन्धमा ऐनमा के व्यवस्था छ लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
गोष्ठिमा श्रव्य एवम श्रव्य तथा दृश्य दुवै माध्यमबाट तालिम प्रदान गरिएको छ । इलाका वन कार्यालय बुर्तिबाङका सहायक वन अधिकृत उपेन्द्र अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको आजको उदघाटन सत्रको कार्यक्रम वन अधिकृत मिश्रको प्रमुख आतिथ्यिता एवम जिल्ला वन कार्यालयका सहायक वन अधिकृत राम वहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो । सुख्खा र गर्मी मौसममा लाग्ने डढेलोलाई नियन्त्रण गर्न कर्मचारीलाई तालिम दिई फिल्डस्तरमा चेतना फैलाउन उदेश्यले सञ्चालन गरिएको गोष्ठि एवम तालिम भोली पनि चल्ने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend