logo
  • शनिबार, असोज १० २०८३

खर्वाङमा सचेतनामुलक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल नेपाली,बाग्लुङ चैत्र १५ ।
प्रहरी चौकी खर्वाङमा मंगलबार ट्राफिक नियम उल्लङघन तथा दुर्घटना न्युनिकरण सम्वन्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । प्रहरी चौकी खर्वाङ परिसरमा सम्पन्न कार्यक्रममा प्रहरी नायब निरिक्षक भोज बहादुर बानियले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा ट्रफिक नियमको जानकारी गराइएको थियो । पुष्पलाल मध्यपहाडी लोक मार्गको कार्य चलिरहेको र सवारी चालकले सडक छेउछाउमा सवारी पार्किङ वढी गरिने भएकोले अन्य सवारी साधनलाई असर पर्ने देखिएकोले त्यसलाई व्यवस्थित गर्नका लागि अन्य सवारी साधहरुलाई असर नपर्ने गरी पाकिङ गर्न बानियाले आग्रह गर्नुभयो ।

त्यस्तै विद्यालय क्षेत्रमा हर्न निषेध गर्ने, बजार क्षेत्रमा कम स्पीडमा सवारी चलाउने साथै सिट क्षमता भन्दा वढी यात्रु सवार नगराउन सवारी चालकले मदिरा सेवन तथा मेवाईलमा कुराकानी गरी सवारी नचलाउन समेत प्रहरीले आग्रह गरेको छ । यदि नियम विपरित कार्य गरेको पाईएमा कानुुन बमोजिम कार्वाही समेत गरिने प्रहरी नायब निरिक्षक भोज बहादुर बाँनियाले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न सवारी साधनका धनि, सवारी चालक, स्थानिय होटल व्यवसायी, बजार व्यवस्थापन समित, सरोकारवाला, व्यापारी लगायतको उपस्थिती रहेको थियो । आज निर्णय गरिएका नियम बुधबार वाटै लागु हुने समेत कार्यक्रमबाट बानियाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend