logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा आजबाट कक्षा ८ को जिल्लास्तरीय परिक्षा शुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे,गुल्मी चैत्र १३ ।
गुल्मी जिल्लाभरी नै आजबाट कक्षा ८ को जिल्लास्तरीय परिक्षा शुरु भएको छ । आइतबार बाट २१ गते सम्म उक्त परिक्षा सञ्चालन हुनेछ । आज पहिलो दिन अनिवार्य अँग्रेजीको परिक्षा सहज बाताबरणमा सम्पन्न भएको छ ।

वामी श्रोत केन्द्रमा ६ ओटा परिक्षा केन्द्र निर्धारण भएका छन भने १६ बिद्यालयका ३ सय ९४ जना परिक्षार्थीले परिक्षा दिने वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देविराम शमाृले जानकारी दिनुभयो ।परिक्षा केन्द्रहरुमा वामीमा रहेको महेन्द्र आदर्श माबि, मैदानको शारदा बिद्या मन्दिर माबि, कुर्घाको त्रिभुबन माबि, पौदीअमराइको नेपाल राष्ट्रिय सर्बाेदय माबि र अर्लाङ्कोटका सीतापुर माबि र ज्ञानज्योती निमाबी रहेका छन ।

प्रत्येक परिक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष र एक एक जना अनुगमनकर्ता पनि नियुक्त गरिएको जनाइएको छ । केन्द्राध्यक्षको नियुक्ती गर्दा केन्द्राध्यक्षहरुको होम सेन्टर नपर्ने गरी ब्यबस्था मिलाइएको जनाइएको छ ।वामीमा रहेको महेन्द्र आदर्श माबि परिक्षा केन्द्रमा मालीका बोर्डिङ्ग, गोल्डेन बोर्डिङ्ग र महेन्द्रकै बिद्यार्थीहरु सहभागी छन ।

त्रिभुबन माबि कुर्घाका शिक्षक समेत रहेका केन्द्राध्यक्ष फणिन्द्रराज ज्ञावलीका अनुसार महेन्द्रबाट ८६, मालीका बाट २७ र गोल्डेनबाट २० जना परिक्षार्थी सहभागी छन । जस मध्ये छात्रा ६९ तथा छात्र ६४ गरी १ सय ३३ जना परिक्षार्थी रहेका रहेका छन । परिक्षा बिहान १०ः३० बाट सञ्चालनमा आउने छ ।यसैबिच महेन्द्रमा आज बाटै अन्य कक्षाको पनि परिक्षा शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend