logo
  • शनिबार, असोज १० २०८३

होटल व्यवसायी मञ्च गुल्मीको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे,गुल्मी, चैत्र १३ ।
बिगत तिन दिनदेखी शुरु भएको होटल ब्यबसायीहरुको लागि बिभिन्न बिषयमा बिबिध प्रशिक्षण कार्यक्रम आइतबार भुवाचिदीमा सम्पन्न भएको छ । बिभिन्न ५ क्षेत्रमा नियमीत रुपमा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा गुल्मीका होटल ब्यबसायीहरुको उपस्थिती रहेको छ ।

होटलहरुमा स्थानीय रुपमा हुने उत्पादनहरुको प्रयोग तथा प्रवद्र्धन गर्नको लागि उक्त तालीमको आयोजना गरिएको हो । चैत्र ५ गते देखी ७ गते सम्म रीडिमा, चैत्र ८ देखी १० गते सम्म चोरकाटेमा र चैत्र ११ देखी १३ सम्म कुर्घाको भुवाचिदीमा सो कार्यक्रम गरिएको छ । आइतबार सम्पन्न भुवाचिदीको कार्यक्रममा होटल ब्यबसायी मञ्चका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक युवराज भण्डारीको अध्यक्षता रहेको थियो भने उद्योग बाणिज्य संघ गुल्मीका सदस्य ज्ञानहरी सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सापकोटा, सहभागीहरुको तर्फबाट वामीका होटल ब्यबसायी फुल प्रसाद सापकोटा, कुर्घाको होमस्टे सञ्चालक गौमाया गुरुङ्ग लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रशिक्षक शिशिर सुब्बाले प्रशिक्षण दिनुभएको थियो भने सञ्चालन होटल ब्यबसायी मञ्चका कोषाध्यक्ष जँग बहादुर कुवँरले गर्नुभएको थियो । भुवाचिदीमा रहेको भट्टराइ होटलमा सम्पन्न भएको कार्यक्रममा करिब ४० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा होटल ब्यबसायी मञ्च गुल्मी, पर्यटन कार्यालय पोखरा, रुरु रेसुङ्गा संरक्षण पर्यटन बिकास समिति गुल्मी, सिटभीटी पोखराको सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend