logo
  • शनिबार, असोज १० २०८३

पुनको मृत्यु घटना अनुसन्धानको घेरामा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार,गुल्मी चैत्र १३ ।
केहि दिन अघि गुल्मीको पौदीअमराईमा आफ्नै घरमा गम्भीर घाईते भई अचेत अवस्थामा फेला परेका ४८ वर्षिय युवराज पुनको मृत्यु घटना प्रहरीको अनुसन्धान घेरामा परेको छ । ३ दिन अघि हालको मुसिकोट नगरपालिका ३ पौदीअमराईको वाङ्गे गाउँका पुन घाईते र अचेत अवस्थामा फेला परेका थिए ।

स्थानियका अनुसार अघिल्लो दिन गाउँमा काटिएको मासु ल्याई घरमा खानपिन गरेर वसेको पुन दोश्रो दिन घर देखि वाहिर देखिएका थिएनन ।
स्थानिय समाज सेवी देवेन्द्र गुरुङ्गका अनुसार दिउँसो करिव ३ वजेको समयमा उनि लडेर र घम्भीर घाईते भएको भन्दै उनकी श्रीमति मनकुमारीले छिमेकीलाई खवर गरे पछि थाह भएको थियो । अचेत अवस्थामा उपचार गर्न लैजाँदै गर्दा घर देखि केही माथी पर्ने पौदीकै श्रृंगामा लैजाँदै गर्दा उनको मृत्यु भएको गुरुङ्गले बताए ।

उनका अनुसार घर भित्र भुँईमा रगत बगेको थियो । पछि घरको भुँई लिपिएको थियो । पुनको कानबाट रगत वगेको थियो । मुहार सुनिएको थियो । आँखामा रगत जमेको थियो । घरमा श्रीमति मात्रै देखिएकी थिईन् । दोश्रो दिन पौदीअमराई प्रहरी चौकीले घटना स्थलको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि तम्घास पुराएको त्यस चौकीका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक राजकुमार यादवले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालका अनुसार उनको घटनाबारे अनुसन्धान भई रहेको छ । नेपालले भिसरा परिक्षणका लागि काठमाण्डौ पठाईएको बताउँदै त्यसको रिर्पोट नआए सम्म केहि भन्न नसकिने बताए । मृतकका ४ छोरा मध्ये २ छोरा देश विदेशमा र दुई छोराहरु गाउँमा पढ्दै छन् । दुई छोरीहरुको विवाह भई सकेको बताईएको छ ।
तस्वीरः यस्तो अवस्थामा घर भित्र फेला परेका थिए पुन:

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend