साझा नेटवर्क
विमल नेपाली,बाग्लुङ चैत्र १२ ।
वडिगाड गाउँपालिका वडा नं. ४ जलजलामा नयाँ शक्ति पार्टी नेपालको वडा भेला शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जिल्ला संयोजक चित्र सापकोटाले विगतका अधिकार प्राप्तीको लागि आन्दोलनमुखी राजनिति गर्नुपरेको बताउनुभयो ।
सापकोटाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्नेमा जोड दिनुभयो । संविधान संशोधन गरेर असन्तष्ट पक्षलाई सहमतिमा ल्याई तिनै तहको निर्वाचन सम्पन्न गरी विगतका जनआन्दोलनले स्थापना गरेका उपलब्धीलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।भेलाले टेकलाल श्रीसको संयोजकत्वमा १७ सदस्यीय वडा नं. जलजला वडा कमिटी गठन गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend