साझा नेटवर्क
जीवन पौडेल,बाग्लुंग चैत्र ११।
बरेङ गाउँपालीकाको केन्द्र सुँदलामा शुक्रबार एक कार्यक्रमका विच नियुक्ती भएको १५ दिन नवित्दै नयाँ अधिकृतको स्वागत गरिएको छ । १५ दिन भन्दा अघि अधिकृतको रुपमा टम बहादुर खत्रि आउनुभएको थियो । नियुक्ति भएको १५ दिन नवित्दै अधिकृतको रुपमा बैकुण्ठ पौडेल पुन गाउँपालीकाको अधिकृतको रुपमा शुक्रबार आफ्नो पद ग्रहण गर्नुभएको बरेङ गाउँपालीका वडा नम्वर २ का वडा सचिव गोविन्दराज पौडेलले जानकारी दिनुभयो ।
शुक्रबार सम्पन्न पद हस्तान्त्रण कार्यक्रममा आफ्नो पद ग्रहण गर्दै बरेङ गाउँपालीकाका अधिकृत बैकुण्ठ पौडेलले सरकारले गाउँपालीकाकालागी छुट्याएको सेवा सुविधा, तथा यहाँका जनताले पाउने सेवा सुविधा सवैमा बरावररुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । पद हस्तान्त्रण कार्यक्रममा बरेङ गाउँपालीकाका ५ वटै वडाका वडा सचिव, वडा नम्बर २ का राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम कार्यकारी अधिकृत तम बहादुर खत्रीको अध्यक्षता, बरेङ गाउँपालीका वडा नम्वर १ का वडा सचिव हरिप्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।बरेङ गाउँपालीका अन्तर्गत धुल्लुबास्कोट, हुग्दिशिर, बाटाकाचौर, सल्यान र शुखौरा गरी ५ वटा वडाहरु रहेका छन । यहाँका स्थानियहरुले गाउँपालीकाको केन्द्र सुँदला, राखिएकोमा विरोध समेत गरेका छन बाटाकाचौर, शुखौरा र सल्यानका स्थानियले गाउँपालीकाको केन्द्र बाटाकाचौर नयाबजारमा हुनुपर्ने धुल्लुबास्कोटका बासिन्दाले बरेङ बजारमा हुनुपर्ने माग राखेका छन ।तर नेपाल सरकार पुर्नसंचना आयोगले बरेङ गाउँपालीकाको केन्द साविकको हुग्दिशीर गाविसको कार्यालयमा रहने गरि राजपत्रमा प्रकाशन गरिसकेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend