साझा नेटवर्क
हेमन्त न्यौपाने पुनर्वास,चैत ११।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य लगायतको टोलिले आज कञ्चनपुर पुनर्वासको गोविन्द बजार( आनन्दबजार ) स्थित अवलोकन गरेको छ। स्थलगत अवलोकनका लागि केन्द्रबाट आएका केन्द्रिय सदस्य लगायतको टोलिले घटना स्थलबाट सहिद गौतमको घरमा पुगि सहिद परिवारलाई भेटेको थियो ।
सहिद परिवारलाई प्रति समबेदना प्रकट गर्दै राष्ट्रिय जनमोर्चाका नेताहरुमा केन्द्रिय सदस्य नन्दराज भट्टले सहिद गौतमले राष्ट्रलाई पुर्याउनु भएको योगदान युगान्तकारी हुने बताए । सिमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीको कष्ट सरकारले नजिकबाट बुझेर यहाँका समस्या समाधान गर्न आफ्नो पार्टीले सरकारको ध्यानाकर्षण गराउने बताए। राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य राजाराम चौधरीले समबेदना प्रकट गर्दै नेपाल भुमि अतिक्रमण रोक्न आफ्नो प्राण बलिदान दिने सहिद परिवारलाई भेट्न पाउँदा गर्व महसुस भएको बताए ।
उनीले राज्यले सहिद परिवारलाई तोकेको क्षतिपुर्ती कुनै पनि हालतमा बडाएर लैजान आफ्नो पार्टीले सरकारलाई दबाब दिने बताए ।सहिद परिवार प्रति भावपुर्ण समबेदना प्रकट गर्दै संघर्ष समितिको निर्णय बमोजिम प्रष्ट सिमा निर्धारण भएपछि मात्रै सिमा खोलिनु पर्ने,सो २०० नम्बर सिमा स्तम्भको नाम सहिद गोविन्द सिमा स्तम्भ राखिनु पर्ने कञ्चनपुर जिल्ला अध्यक्ष लोकेन्द्र लम्सालले बताए । उनले नेपाल भारत बिच सिमाको बिषयमा जोर नम्बर पिल्लर नभारतले संरक्षण गर्ने बिजोर नम्बर पिल्लर नेपालले सुरक्षा गर्ने सम्झौता रहेकाले उनीहरुले संरक्षण गर्न पर्ने पिल्लर भारतले गायव गरेको बताए ।
त्यस्तै अन्य नेताहरुमा जातिय समाता समाजका केन्द्रिय सदस्य गोविन्द बि.क.किसान संघका केन्द्रिय सदस्य हरिकृष्ण पाण्डे,सह-सचिव हरि लम्साल, जिल्ला सदस्य मान प्रसाद जैसी, जनजाति केन्द्रिय सदस्य खड्गु राना,युवक मोर्चा जिल्ला अध्यक्ष रामेश्वर न्यौपाने,महिला संघ जिल्ला अध्यक्ष रेवती माया ढकाल,बेलौरी नगर कमिटी सदस्य बिरेन्द्र हमाल,जिल्ला सल्लाहकार लक्ष्मी लम्साल,अनेरा स्वबियु छैटौं दुर्गालक्ष्मी उमावीको इकाई सभापति हेमराज भट्ट र सदस्य स्वस्तिका बोहरा रहेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend