logo
  • शनिबार, असोज १० २०८३

बलेटक्सारकी गितालाई गुल्मी केयरले बनाइदियो घर


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री,गुल्मी चैत ११ ।
श्रीमानको दुबै मृगौला फेल भएर मृत्यु भएपछी बिचल्लीमा परेको गुल्मीको एक परिवारलाई गुल्मी केयर बिश्व संजालले घर बनाइदिइको छ । केहि समय पहिला रोजगारिको शिलसिलामा बिदेसमा रहेका श्रीमानको मृगौला फेल भएर उपचारको मृत्यु भएपछी बिचल्लीमा परेका गुल्मी बलेटक्सार ४ निवासी गिता बिकलाई बस्नको लागी घर निर्माण गरिदिएको हो ।

गुल्मी तथा देसका बिभिन्न स्थानबाट बिदेसमा रहेका नेपालीहरु मिलेर संगठित संस्था गुल्मी केयर बिश्व संजालले जिल्लामा बिभिन्न बिपद, दैबिक प्रपोक तथा आर्थिक अभावमा उपचारमा समस्या भएकाहरुलाई सहयोग गर्दै आएको छ । गितालाई श्रीमानको मृत्यु पछी खाना र बस्नको लागी घर लगायतका समस्या भएको खबर सार्बजनिक भएपछी गुल्मी केयर बिश्व संजालले घर निर्माण गर्न अभियान सञ्चालन गरेको थियो ।

स्थानिय बिद्यालयले दिएको सार्बजनिक जग्गामा सानो झुपडीमा बस्दै आएका बिक परिवारलाई संजालले २ लाख ३० हजारमा घर बनाइए दिएको संस्थाका कोषाध्यक्ष सागर कार्कीले जानकारी दिए । संजालले दुई वटा कोठा र एउटा ट्वाइलेट वाथरुम सहितको घरबनाई दिएको छ । संजालका प्रतिनिधीहरुले गिता बिकको घर बनाउन स्थानिय तारा बहादुर रानालाई ठेक्का दिएको संजालका उपाध्यक्ष बिध्या कार्कीले जानकारी दिइन ।

संजालले एक कार्यक्रममका बिच निर्माण सम्पन्न घर गितालाई हस्तातरण गरेको उपाध्यक्ष कार्कीले जानकारी दिइन । घर बनाउन सहयोग गर्ने प्रति गिताले सबैलाई धन्यवाद दिइन् । गिताका २ छोराहरु छन् उनलाई पढन पनि समस्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend