logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाली कांग्रेस गुल्मी चुनावी अभियानमा लाग्नु अघि गाउँ र वडा स्तर सम्म पुग्ने : सभापति श्रेष्ठ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार,गुल्मी चैत्र ७ ।
नेपाली कांग्रेस गुल्मी गाउँ र वडा स्तर सम्म पुग्ने आफ्नो संगठन र विपक्षीहरुको नाडी समेत छामेर मात्र चुनावी तयारीमा लाग्ने भएको छ । आज सो पार्टीको जिल्ला पार्टी संगठनले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

सो पार्टीका सभापति भुवनप्रसाद श्रेष्ठले चैत्र ३ गते देखि १० दिन सम्म अर्वेनी अग्लुङ्ग अभियान चलाईएको र यस अवधीमा गाउँ स्तर सम्म पुगेर संगठन सुदृढिकरण गर्नुका साथै विपक्ष राजनैतिक दलका सम्भावित उमेदवारको समेत लेखाजोखा गरिने र जिल्लाभरको रिर्पोट आई सकेपछि मात्र चुनावी माहौलमा होमिने बताए ।उनले भने–‘अहिले हामी चुनावी गतिविधीमा होईन अर्वेनी देखि अग्लुङ्ग सम्म पुगेर कांग्रेसले स्थानि तहको बाँडफाँडमा खेलेको भुमिकाका वारेमा जनतालाई वुझाउने छ , स्थानिय तहको निर्वाचनको महत्ववारे पनि सु–सुचित गरिने छ र यो अभियान सके पछि मात्र चुनावी अभियानमा लागिने छ ।

चुनावी महौलमा नलागेर किन संगठन सुदृढिकरण तर्फ लाग्नु भयो त ? भन्ने प्रश्नमा कांग्रेस उपसभापति विष्णु वललाले यो अभियान एक प्रकारले चुनाव लक्षित अभियान भएको धारणा राखे । पार्टी सचिव खिलध्वज पन्थीले चैत्र १३ गते अर्वेनी अग्लुङ्ग अभियान सकेर १५ गते पार्टीको बैठक राख्ने त्यस पछि मात्र पत्रकार सम्मेलन गरी चुनावी अभियानवारे कार्यक्रम सार्वाजानिक गर्ने जानकारी दिए ।सभापति श्रेष्ठका अनुसार चैत्रको अन्तिम सात पार्टीले जिल्ला सम्मेलन समेत गर्ने तय गरेको छ । महामन्त्री शसांङक कोईरालाको प्रमुख आतिथ्यताम जिल्ला सम्मेलन गरिने जनाईएको छ ।

संविधान निर्माण कांग्रेसको वलमा अधिकार जनताको घरमा भन्ने मुल नाराका साथ सुरु भएको अभियान साविकका गाउँ कार्य समितिकै संचनामा संगठन विस्तार गर्ने बताईएको छ ।नेकपा माओवादी केन्द्रले भने पुनरसंरचना आयोगले तोकेका गाउँ र नगरपालिका तहकै संगठन विस्तार गरी सकेको छ । कांग्रेसले नयाँ संरचनामा अनुसार संगठन विस्तार किन गरेन त ? भन्ने प्रश्नमा सभापति श्रेष्ठले साविकका गाउँ कार्य समति जोडेर गाउँपालिकाको निर्वाचन जनपरिचालन समिति बनाईने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend