logo
  • शनिबार, असोज १० २०८३

नेपाली सेनाले गुल्मीमा बनायो विर गोर्खालीहरुको स्मारिका


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी,चैत्र५।
गुल्मीमा रहेको नेपाली सेना गुरुगोरख गुल्मले प्रथम र दृतिय विश्व युद्धमा अदम्य शाहस पुर्वक दुस्मनलाई परास्त गरी भिक्टोरिया क्रश जस्तो सवै भन्दा उच्च ओहदाको सम्मान पाएका विर गोर्खालीहरुको स्मृति पार्क निर्माण गरेको छ।सदरमुकाम तम्घासको वाख्रेछेडामा भिक्टोरिया क्रश स्मारक पार्क वाख्रेछेडा नामकरण गरी गुल्मी क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारीबाट उद्घाटन समेत गराईएकोे छ। नेपाली सेना गरुगोरख गुल्मका तत्कालिन गुल्मपति सेनानी महेन्द्रकुमार पुनको परिकल्पान र उनैको संयोजकत्वमा निमार्ण गरिएको भिक्टोरिया क्रश स्मारक पार्क पश्चिम नेपालमै नमुना पार्कका रुपमा यहाँका समाज सेवीहरुले लिने गरेका छन् ।पार्क भित्र सेनानी पुनले निकै सुन्दर कला भरेका छन । मनामोहक कम्पाउण्ड भित्र त्यही भुलिरहँु जस्ता धार्मिक र विरता संग जोडिएका ऐतिहाँसि वस्तुकला रहेका छन् । पार्क भित्र सुन्दर शिवालय मन्दिर निमार्ण गरिएको छ । शिवालयको ठिक अगाडी ओम आकारको सुन्दर पोखरी भित्र शिवलिङ्ग रहेको छ ।त्यसै पोखरीबाट मोटरले चल्ने पानीको फोहरा बनाएको छ । शक्तिकोे प्रतिक मानिने सुन्दर त्रिशुल सहित पार्कको दाहिने देब्रे भागमा गणेश र सरस्वतीको सुन्दर मुर्ति स्थापना गरिएको छ ।शिला लेख र ताम्रापत्रमा प्रथम र दृतिय विश्व युद्धको संक्षेपमा ईतिहाँस उल्लेख गरिएको छ भने भिक्टोरिया क्रशले सम्मानित सवै विर नेपालीहरुको नाम उल्लेख गरिएको छ ।प्रवेशद्धारको पुर्वी भागमा प्रथम विश्व युद्धमा अदम्य शाहस र विरता देखाएर भिक्टोरिया क्रशले सम्मानित गुल्मीका कर्णबहादुर रानाको विशाल शालिक निर्माण गरिएको छ । जिल्लाको फोक्सीङ्ग गाविस वडा नम्वर ४ तिलुङ्गका कर्णबहादुर रानाले प्रथम विश्व युद्धमा एक्लै सयौ दुश्मन संग भिडेर परास्त गरी तत्कालिन व्रिटिश ईन्डियन आर्मीबाट सवै भन्दा उच्च ओहदाको सम्मान भिक्टोरिया क्रश पाएका थिए ।विक्रम सम्वत १९५५ पौष ६ गते फोक्सीङ्गमा जन्मिएका रानाको अवकास पछि २०३० साल श्रावण १० गते मृत्यु भएको थियो । थर्ड गोर्खा राईफलका राईफलका उनलाई अवकासबाट निस्कीदा कदर स्वरुप कोपरेल अर्थात नायव दर्जा दिईएको थियो ।
प्रथम र दृतिय विश्व युद्धमा विरता देखाएर भिक्टोरिया क्रश सम्मान पाउने कुल १३ सय ५१ जना मध्ये गोरखाराईफलबाट भिक्टोरिया क्रश पाउने २६ जना थिए । ति मध्ये १२ जना नेपाली थिए । स्मारिका पार्कमा उनिहरुको नाम विवरण पनि ताम्रपत्रमा उल्लेख छ । त्यहाँ उल्लेख नाम विवरण अनुसार गुल्मीका रानाका अलवा कुलविर थापा,थम्मनबहादुर गुरुङ्ग ,नेत्रबहादुर थापा ,शेरबहादुर थापा,लालबहादुर थापा,भानुभक्त थापा,लक्ष्मीण गुरुङ्ग ,रामबहादुर लिम्वुले पाएका थिए ।त्यस्तै थम्मनबहादुर गुरुङ्ग, नेत्रबहादुर थापा र शेरबहादुर थापाले मरणोपरान्त भिक्टोरिया क्रश पदक पाएका थिए ।तत्कालिन व्रिटिश ईन्डिया आर्मीले यो उच्च ओहदाको सम्मान सन १९५७ बाट प्रदान गर्न थालेको स्मारिकामा उल्लेख छ। यसरी विरगोरखालीको विरतापुर्ण ईतिहाँसलाई जिवित राख्न सेनानी महन्द्रकुमार पुन र तत्कालिन उनको गुल्मी सहित सिङ्गो नेपाली सेना प्रति स्मारिका मुल समारोह समितिले यहाँ एक समारोहमा कृतज्ञता जाहेर गरेको छ ।
बाख्रेछेंडाको ईतिहाँस पनि झल्काईयो
सोही स्मारिका भित्र भिक्टोरिया क्रशहरुको मात्र नभई बाख्रेछेंडाको लुकेको ईतिहाँस पनि नेपाली सेनाले झल्काई दिएको छ । वषौं अघि वाखे्रछेडा सदरमुकाम तम्घास गाउँबाट निस्कीने गौडो थियो । जहाँ बटुवाहरुलाई चौतारो निमार्ण ,धर्मशाला र पोखरीको आवस्यकता देखे भाडगाउँका तत्कालिन अगुवा समाज सेवी गुमानसिंह कुँवरले । उनले त्यहाँ पोखरी र पिपलको चौतारो निमार्ण गरेका थिए ।अहिले उनका सन्तती तम्घासको धागीथुम लगायतका स्थानमा रहेका छन् । उनैका नाती निमबहाद्र खत्री ,छोरी ज्वाँई दुर्गा खत्री र सावित्रा खत्रीले गुमानसिंहको शालिक समेत त्यस पार्क भित्र स्थापना गरी दिएका छन् । उनको तस्वीर नभएका कारण उनकी स्वर्गिय धमीपत्नी गौमति कुँवरको प्रतिमा स्थापना गरिएको हो ।
समाज सेवीहरुले पनि साथ दिए सेनालाई
स्मारिका पार्क संरक्षण विकासका लागि भारतिय सेनको अवकास प्राप्त क्याप्टेन पार्क सजावटमा यहाँका अगुवा समाज सेवीहरुले विभन्न सामग्री सहयोग गरेको आर्थिक संकलन उप समितिका संयोजक उदयबहादुर थापाले बताए । उनका अनुसार धागीथुम भेषबहादुर थापाका छोरा ईञ्जिनियर विजय थापा र डाक्टर भुमिका थापाले स वसाह शौजन्य गरेका थिए । जयराम हार्डवेयर तम्घास मिलनचोका सञ्चालक रामप्रसाद पन्थीले सवै त्रिशुल प्रदान गरेका थिए । तम्घासकै समाज सेवी वालसिंह काउछाले शिवलिङ्ग शौजन्य प्रदान गरेका थिए । मोतिप्रसाद खनालले सवै भन्दा ठुलो घण्टा प्रदान गरेका थिए । तम्घासकै रमेश वजमियाँले गणेशको मुर्ति प्रदान गरेका थिए । जनज्योति आमा समुह तम्घास धागीथुमले सरस्वतीको मुती स्थापना गरेका थिए । धामीथुमका समाज सेवी गोपाल पन्थीले ८० वटा घण्टी प्रदान गरेका थिए भने झविन्द्र भण्डारीले गजुर शौजन्य गरेका थिए । आर्थिक संकलन ९ं० प्रतिशत भारितय भुपु सैनिकहरुबाट भएको र करिव २५ लाखमा सम्पन्न भएएको निर्मार्ण समितिका संयोजक तथा परिकल्पनाकार सेनानी पुनले जानकारी दिए । भिसी कर्णबहादुर रानाको विशाल शालिकको मुल्य मात्रै ६ लाख रुपैयाँ भएको सेनानी पुनले बताए । तपाई सरुवा भएर जानु भयो तर यहाँका समाज सेवीहरुले तपाईलाई निकै सम्झी रहन्छन र सम्मान व्यक्त पनि गरेका छन भनेर भन्दा सेनानी पुनले यो आफ्नो कर्तव्य मात्रै भएको सम्मानको पात्र आफु नभएर सिङ्गो नेपाली सेना भएको प्रतिकृया दिए ।उनले आफु अहिले नेपाली सेनाको प्रधान कार्यालयमा कार्यरत छन् । गुल्मी छँद उनले गुरुगोरख गुल्मका दैनिक दश जना सैनिक ६ महिना सम्म खटिएर उक्त स्मारिका पार्क सम्पन्न गरेको बताए । सेनानी पुनको योगदान प्रति स्मारिका पार्क मुल समारोह समितिका संयोजक सन्तबहादुर खड्काले कृतज्ञता जाहेर गरे । स्मारिका बनाउनका लागि प्रस्ताव राखेको मैले हुँ तर अरु सवै परिकल्ना देखि निर्माणमा सवै योगदान उहाँकै हो, उहाँ र नेपाली सेना प्रति म हामी कृतज्ञता जाहेर गर्दछौं , संयोजक खड्काले भने ।सेनानी पुन यहाँ रहँदा जनताको विद्यालय निर्माण समेत गरेका थिए ।तम्घास कुँडापानीको अर्जुन प्राविको चार कोठे भवनको एक तला ढलान गरेर सके पछि उनको सरुवा भएको थियो । उनलाई विद्यालयले पनि सम्मान गरेको थियो । उनको कार्याकालमा गुरुगोरख गुल्मले आफ्नोे कर्तव्य क्षेत्रका अलवा थुप्रै सामाजिक कार्यहरु पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend