logo
  • शुक्रबार, असोज ९ २०८३

इस्मा गाउँपालिकाको वडा नं. १ मा एमालेको निर्वाचन परिचालन कमिटि गठन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी चैत ४ ।
आगामी बैशाख ३१ गते हुने निर्वाचनलाई मध्यनजर राखेर बिभिन्न पार्टीले निर्वाचन मुखि कार्याक्रमहरु गर्न थालेका छन् । स्थानिय निर्वाचनलाई मध्य नजर राखेर नेकपा एमाले इस्मा गाउँ पालिका वडा नम्बर १ को छल्दी टारा स्याला रातचौर सामाचौरको निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
शुक्रवार छल्दीमा सम्पन्न वडा भेलाले दान बहादुर जिसी को संयोजकत्वमा ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचन परिचालन कमिटिीले आगामी निर्वाचनको लागी टोलटोलमा नेकपा एमालेको अभियान सञ्चालन गर्ने जनाको छ । कार्यक्रममा इस्मागाउँ पालिका निर्वाचन परिचालन कमिटी उपसचिव टीका रेस्मी र सचिवालय सदस्य राम मल्ल ठकुरीको बिशेष उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend