logo
  • शुक्रबार, असोज ९ २०८३

लोकगायक अबिरल अजितले भन्दै छन गुल्मेली माया चाहिन्छ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कृष्ण बिसी, गुल्मी चैत ४।
लोकगायक अबिरल अजितले गुल्मेली माया चाहिन्छ नामक लोकदोहोरी गित बजारमा ल्याएका छन । बैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका गुल्मीको रेसुङगा नगरपालिका निवासी अजितले सुरेश रानाको शब्द सगिंतमा उक्त लोकदोहरी गित बजारमा ल्याएका हुन ।

गितमा महिला स्वर भने गायिका अमृता लुङगेली मगरको रहेको छ । हालसम्म १ दर्जन भन्दा बढी गित बजारमा ल्याएर चर्चा कमाएका अजितले अहिले दर्शकको चाहाना बमोजिम नाच्ने खालको गित गाएको बताए ।

२०६८ सालमा पहिलो गित मेरी माया रैछौ बैमानी, त्यसपछि प्रदेशिको पिडा,सरक सरक, मेरै बुढी हो लगाएतका करिब १ दर्जन गित दर्शक श्रोताले मनपराएका गित हुन । प्राय नाच्ने खालका गित गाउने गायक अजित पछिल्लो समय कतारमा आयोजना हुने कार्यक्रममा रुचाईएका कलाकार हुन ।

बिदेशमा बसेपनि लोकगित प्रति माया छ,उनले भने केही बर्ष पछि नेपाल फर्किर ब्यावसायिक रुपमा लागी पर्ने छु । हालसम्म उनले अमृता लुङगेली मगर,पुर्णकला बिसी,पुजा परियार लगाएतका गायिका सगं आवाज भरेका छन ।

पछिल्लो गित गुल्मेली माया पनि श्रोता दर्शकले रुचाउनेमा आशावादी छु,उनले भने । उक्त गितको भिडीयोमा केही समयमा राजधानिमा छायांकन गरिने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend