logo
  • शनिबार, असोज १० २०८३

चौरासी पुजाको दान बिद्यालयलाई


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री गुल्मी चौत २।
गुल्मीका एक व्यक्तिले चौरासी पुजाको दान बिद्यालयलाई हस्तातरण गरेका छन्। नयाँगाउँ गाविस वडा नं.१ अरौदी निवासी स्वर्गिय मनिराम पोख्रेलका माइला छोरा हिमनाथ पोख्रेल र उनकी श्रीमती बिष्णु कुमारी पोख्रेलले आफनो चौरासी पुजाको रकम स्थानिय बिद्यालयलाई हस्तातरण गरेका छन् ।पोख्रेल दम्पत्तीले तुलदानबाट जम्मा भएको रकम नयाँगाउँ माबि बिद्यालयलाई एक कार्यक्रमको आयोजना गरि प्रदान गरेका छन् । जिल्लाको नयाँगाउँमा अबस्थित उक्त बिद्यालयको अक्षयकोष बृद्धिका लागी पुजाको दान हस्तातरण गरेका हुन् । तुलदानबाट ५५ केजी र ५० केजी सिक्का पैसा बिद्यालयका प्रचार्य यज्ञप्रसाद गौतमलाई एक समारोहका बिच उनका छोरा प्रकाश पोख्रेलले हस्तातरण गरेका छन् ।उक्त रकमबाट बिद्यालयमा रहेको अक्षयकोषमा थप गरि गरिव जेहेन्दार बिद्यार्थीहरुको पढाईमा खर्चिने बिद्यालयले जनाएको छ ।पोख्रेल दम्पत्तीका पाँचभाई छोरा र चार छोरी रहेका छन् । पोख्रेल परिवारले यस अघि नयाँगाउँमा एम्बुलेन्स सञ्चालनमा ल्याउनको लागी छोरा प्रकाशले महत्वपूर्ण भुमिका निभाएका थिए । पोख्रेल परिवार लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend