logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा १० गाउँपालिका र २ नगरपालिकाको कार्यालय उद्घाटन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री गुल्मी,चैत १ ।
गुल्मी जिल्लाका १० गाउँपालिका र २ नगरपालिकाको कार्यालय उद्घाटन भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको नयाँ संरचना अनुसार गुल्मी जिल्लामा रहेका ७५ गाविस र १ नगरपालिकालाई समायोजन गरि १० गाउँपालिका र २ नगरपालिमा कार्यकारी अधिकृत सहित कार्यालय उद्घाटन गरिएको जिल्ला बिकास समिति गुल्मीका योजनाशाखा अधिकृत खड्ग थापाले जानकारी दिए । नयाँ संरचना अनुसार मंगलवारबाट सम्बन्धीत गाउँपालिका र नगरपालिकाको केन्द्रमा पुगी कार्यलय उद्घाटन गरिएको अधिकृत थापाले जानकारी दिए ।नियुक्त भएका कार्यकारी अधिकृतमा रेसुङ्गा नगरपालिकामा बावुराम पल्ली,मुसिकोट नगरपालिकामा नबराज घिमिरे,इस्मा गाउँपालिकामा नरबहादुर अर्याल,कालिगण्डकी गाउँपालिकामा शिबहरी मरासिनी,गुल्मी दरबार गाउँपालिकामा फर्सबहादुर कार्की,सत्यवती गाउँपालिमा हरि प्रसाद भण्डारी,चन्द्रकोट गाउँपालिकामा लोकनाथ पोखरेल,रुरु गाउँपालिकामा जगन्नाथ ज्ञवाली,छत्रकोट गाउँपालिकामा शेरबहादुर कुवँर,धुर्कोट गाउँपालिकामा डिल्लीराज आचार्य,मदाने गाउँपालिकामा डिल्लराज भट्टराई,मालिका गाउँपालिकामा युवराज खड्का कार्यकारी अधिकृतमा नियुक्त भएको योजना शाखाअधिकृत थापाले जानकारी दिए । रेसुङ्गा नगरपालिकामा पहिलेकै कार्यकारी अधिकृत पल्लीलाई नै नियुक्त गरिएको छ भने अन्य गाउँपाललिका र नगरपालिकामा गाविसमा रहेका सचिवहरुलाई थप जिम्मेवारी दिएर कार्यकारी अधिकृतमा जिम्मेवारी दिइएको जिविस गुल्मीका कार्यक्रम अधिकृत शंकर गौतमले जानकारी दिए । मंगलवारबाटै जिल्लाका सबै वडा कार्यालयमा पनि कर्मचारी नियुक्त भएका छन् ।

गुल्मीमा १० गाउँपालिका र २ नगरपालिकामा जम्मा ९३ वटा वडा रहेका छन् । सबै भन्दा वढी रेसुङ्गा नगरपालिकामा १४ वटा वडा रहेका छन् भने काम ६ वटा वडाको गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend