logo
  • शुक्रबार, असोज ९ २०८३

पाइप प्रकरण : चुनावको मुखमा राजनितिक ’प्रोपोगाण्डा’


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, फागुन ३०।
केही दिनबाट गुल्मीमा सुरु भएको पाइप प्रकरणमा कानुनी प्रक्रिया पुरा गरी जनताको घरदैलोमा पुग्दै गरेको खानेपानीको पाईपलाइ राजनीतिक प्रोपोगाण्डाको आधारमा फैलाइएको अपवाह प्रति गुल्मी काँग्रेसले घोर आपत्ती जनाएको छ ।

नेपाली काँग्रेस गुल्मी जिल्ला कार्य समितिका सचिब खिलध्वज पन्थीको नाम जोडी बेकारमा नियमबद्ध तरिकाले गरिएको कामलाइ अपवाह बनाइ जनतामा भ्रम छर्ने काम भएको भन्दै काँग्रेस जिल्ला कार्य समितिले घोर आपत्ती जनाएको हो । सचिब पन्थीलाइ सम्पर्क गर्दा उहाँले कानुनी प्रक्रिया पुराएर नै जनताको घरमा पुर्याउन लागिएको पाइपलाइ नेकपमा एमालेका कार्यकर्ताहरु बेकारमा आत्तिएर अनाबश्यक अपवाह फैलाएको बताउनुभयो ।

उहाँले स्थानिय चुनावको मुखमा राजनितिक ’प्रोपोगाण्डा’ को रूपमा अतिरञ्जीत गर्नु पद्दति र प्रणालीमाथीको ठाडो प्रहार भएको बताउनुभयो । कानुन छ, न्यायालय छ प्रयोग गर्ने अधिकार पनि छ तर त्यसको बाटो नरोजी सामाजिक सञ्जाल मार्फत ’अफवाह’ फैलाउनु जनतामाथीको अन्याय हो । सत्यमाथी भ्रम सिर्जना गर्नु हो, उहाँले भन्नुभयो ।

राजनीतिलाई बिकास मार्फत जनताको जनजिबिका सँग जोड्ने अभियानको नेतृत्व गरिरहेको गुल्मी काङ्ग्रेस र सचिव खिलध्वजको पन्थीको जनताप्रतिको समर्पण र काङ्ग्रेस प्रतिको जनलहरबाट अताल्लिएर उपभोक्ता समिति मार्फत कानुनी प्रकृया पूरा गरि जनताको घरदैलोमा पुर्‍याउँदै गरेको खानेपानीको पाइपको बिषयमा समाजिक संजाल मा अफवाह फैलाउने दुस्साहस गर्नु कमजोर मनस्थितिको उपज भएको काँग्रेस गुल्मीले बताएको छ ।

कोहि ब्यक्ति र राजनैतिक दल प्रती संका छ भने संबन्धित निकायमा कानुनि रुपमा समस्या समाधान गर्न सकिन्छ, सचिब पन्थीले भन्नुभयो, सार्वजनिक रुपमा ब्यक्तिगत आक्षेप लगाएर चरित्र हत्या गर्न खोज्नु राजनीतिक संस्कार होईन । यस्ता भ्रामक प्रचारबाजीले गुल्मी काङ्ग्रेस र खिलध्वज पन्थीलाई कमजोर हैन, झन शसक्त बनाएको काँग्रेस गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend