साझा नेटवर्क
संगिता कुवँर, जापान ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापानको पुरानो सदस्यता नविकरण र नयाँ सदस्यता बितरण अब मोवाईल एप्स मार्फत हुनेभएको छ । प्रविधिको प्रयोगसंगै सहज होस भन्ने उद्देश्यले एप्स मार्फत सदस्यता बितरण सुरु गरिएको टोकियोमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
आईतबार रातिबाट लागु हुने गरि सदस्यता बितरण खुल्ला गरिएको एनआरएनए जापानका अध्यक्ष सुदन थापाले जानकारी दिए । प्रयोग बिधि नबुझेका नेपालीलाई क्षेत्रीय सदस्यता मार्फत पनि अभियानका रुपमा लैजाने जानकारी दिए । सुरुवातमा केहि असजिलो लागे पनि यो प्रक्रिया मार्फत सहजिलो हुने अध्यक्ष थापाले बिश्वास समेत ब्यक्त गरेका छन् ।
सोहि पत्रकार सम्मेलन मार्फत एनआरएनए जापानका आगामी कार्यक्रम समेत सार्वजनिक गरिएको छ । अगष्ट २४ मा तीन फेष्टिवल ,अगष्ट २६/२७मा नेपाल फेष्टिवल गर्ने मिति पनि सार्वजनिक गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सचिव पृथ्वी सुब्बा गुरुङले फेष्टिबलका बारेमा बोल्दै नेपालमा पर्यटन प्रर्वधनका लागी सबैलाई सहयोगको लागी अपिल गरे ।गैरआवासीय नेपालीहरुसंग नेपालको पर्यटकीय क्षेत्रको निमार्ण र संरचना व्यवस्थापनका लागि एकजुट हुनुपर्ने बताए ।
त्यस्तै मार्च १२ बाट नयाँ सदस्यता आवेदन खुल्ला गरिएको सार्वजानिक नयाँ कार्यतालिकामा ३० मे २०१७सम्ममा ईच्छुक महानुभावहरुले सदस्यता आवेदन दिनसक्नेछन् । जुन ५ तारिकका दिन पहिलो नामावली सार्वजानिक गरिने, ६/९ जून सम्म प्रकाशित नामावली माथी दावी बिरोध सहित १० जुनका दिन अन्तिम नामावली प्रकाशित गरिने जनाईएको छ। १५ जुलाईसम्म १३ क्षेत्रिय समिति अधिवेशन सम्पन्न गर्ने गरि कार्यक्रम तय भएका छन् ।
कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक संयोजक किरण विक्रम थापा, एनआरएनए आईसिसि सदस्य ओम गुरुङ, एनआरएनए जापान पुर्व अध्यक्ष रोशन केसी लगाएत संघसंस्था एवम राजनितिक पार्टिका प्रतिनिधिको उपस्थीति रहेको थियो । कार्यक्रम एनअारएनए जापानका महासचिव अनुज थापाले संचालन गरेका थिए ।
https://www.facebook.com/bashudev.lamichhane/videos/1364465183628605/
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend