साझा नेटवर्क
टोपलाल अर्याल गुल्मी,गुल्मी २८।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत तरकारी खेती ब्लक स्तरीय अभिमुखिकरण गोष्ठि जिल्ला कृषी विकास कार्यालयमा सम्पन्न भएको छ । गोष्टिमा रेसुङ्गा नगरपालिका अन्तरगतका वडा नं. ४, ७, ८ र ११ का व्यावसायिक तरकारी उत्पादक कृषक एवं राजनितिक दलका पार्टी प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सहजीकरण गर्दै बरिष्ठ कृषी विकास अधिकृत चक्रपाणी पन्थीले खुलेरै कृषी पेसामा लागेकाहरुलाई प्रविधीको कमी हुन नदिने बताउनुभयो। उहाँले कृषीको नाममा कृषकको नेता बन्नेले कहिल्यै पेशा उत्कृष्ट नबन्ने भएकाले आफ्नो काममा दत्तचित्त भएर लाग्न सवै कृषकहरुलाई अनुरोध गर्नुभएको छ ।
‘सदरमुकाम आउँदा अगुवा कृषक बनेर आउनेहरु फर्केपछि न घरमा न फार्ममा भेटिनुहुन्छ,अधिकृत पन्थीले भन्नुभयो,‘यो तालले व्यावसाय र व्यासायीकता हराउँछ ।” परियोजना सफल बनाउने वा नबनाउने भन्ने जिम्मा स्वय कृषकको भएको भन्दै उहाँले आफु र आफ्नो कार्यालय सधै किसानको पक्षमा रहेको बताउनुभयो ।
कार्यक्रममा परियोजनाको उदेश्य, व्लक निर्माण तथा संचालन प्रक्रिया,व्लक संचालक समितिको काम कर्तव्य र अधिकार,व्लक व्यावस्थापकको नियुत्ती र काम कर्तव्य,संचालन गरिने कार्यक्रम र नेपाल सरकारबाट प्राप्त हुने रकम (बजेट) तथा नेपालमा परियोजनाको अवस्था,अवधारणा र उपलब्धिका बारेमा बरिष्ठ कृषी विकास अधिकृत पन्थीले जानकारी दिनुभएको थियो ।
कार्यक्रम तरकारी ब्लक संचालक समिति रेसुङ्गा नगरपालिकाका अध्यक्ष श्री टिकाराम गौतमको अध्यक्षता, बरिष्ठ कृषी विकास अधिकृत पन्थीको प्रमुख आतिथ्यता तथा कार्यालयका प्राविधिक सहायक चेतनारायण पन्थीको संचालनमा सम्पन्न भएको थियो। प्राविधिक सहायक दोमलाल भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रममा गोष्टिको बारेमा तरकारी ब्लक फोकल पर्सन एवं जिल्ला कृषी विकास कार्यालयका योजना अधिकृत हुम बहादुर थापाले जानकारी दिनुभएको थियो ।
सोहि कार्यक्रममा प्राविधिक सहायक भुसालले माटोको परिक्षण किन र माटोको नमूना लिने तरिका र समयको बारेमा कृषक तथा अगुवा सरोकारवालालाई जानकारी दिनुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend