logo
  • शुक्रबार, असोज ९ २०८३

पाईप प्रकणमा काग्रेसको आपत्ती


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार गुल्मी,फागुन२८।
विहिवार नेकपा एमालेका कार्यकर्ताहरुले वरमद गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको पाईपका विषयमा काग्रेसका एक नेतालाई अनाहकमा मुछेको भन्दै सो पार्टीले आपत्ती जनाएको छ ।

शनिवार विहान नेपाली काग्रेस जिल्ला कार्य समिति गुल्मीले सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी एमाले कार्यकर्ताहरुले पाईप वरामद गरी काग्रेसलाई वदनाम गर्ने नियत बोकेको भन्दै आपत्ती जनाएको हो ।काग्रेसका जिल्ला पार्टी सचिव खिलध्वज पन्थीको निर्देशनमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट वजारका एक व्यवसायीको गोदाममा राख्न पठाएको भन्ने आरोपको उनै सचिव पन्थी र पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले गम्भीर आपत्ती जनाएका हुन् ।

आफुहरुलाई त्यस वारे कुनै कुरा थाह नभएको तर सञ्चार माध्यममा सचिव पन्थीको चरित्र हत्या गर्ने गरी समाचार आएको भन्दै जिल्ला पाटीको बैठकले त्यसको खेद प्रकट गरेको सभापति श्रेष्ठले बताए । वाटैमा पाईप वरामद् गर्नु र खानेपानी कार्यालयमा तालावन्दी गर्नुलाई सभापति श्रेष्ठले गुण्डागिरीको संज्ञा दिए । जनताले उक्त कार्यालयबाट सेवा लिन पाउने अधिकारलाई बञ्चीत गदै लगाईएको ताला प्रशासनले तत्काल खोल्ने पहल नगरे आफुहरुले अव प्रशासनकै ताला लगाउने श्रेष्ठले चेतावानी दिए ।

उनले पछिल्लो चरण कांग्रेस प्रति जनताको लहरबाट अत्तालिएर एमालले काग्रेसलाई वदनाम गर्ने नियतका साथ यस्तो कार्य गरेको सभापति श्रेष्ठको जिकिर थियो । ‘ समाचार लेख्ने वेलामा सोध्ने पत्रकार घनश्याम गौतम र प्रेम सुनारलाई यसवारे मलाई केहि थाह छैन भनेर भनेकै थिए अनि कसरी मलाई मुछियो ? भन्ने प्रति प्रश्न गदैं सचिव पन्थीले भने –‘आफ्नो चरित्र हत्या हुने गरी समाचार संप्रेषण भएको प्रति मेरो गभ्भीर आपत्ती छ ।’
ति पाईपहरु कुन उपभोक्ता समितिको हुन त ? भनेर पत्रकारहरुले प्रश्न गर्दा सो पार्टीले आफुहरुलाई केहि थाह नभएको बतायो । यो समाचार लेख्ने वेला सम्म जिल्ला प्रहरी कार्यालयमा थन्कीएका दुई ट्याक्टर पाईपहरु वेवरिसे बनेका छन् ।

पाईपहरु वरामद भएको दोश्रो दिन तिन्नेकारुखा खर्वाङ्गखोला ढोडेकागाँजा खानेपानी उपाभोेक्त समिति आँपचौरले विज्ञप्ती मार्फत वरामद गरिएको पाईपहरु आफुहरुको भएको दावि गरेको छ। तर ति पाईपहरु बुझेको भर्पाई लगायतका कागज पत्र भने उनिहरुले पेश गर्न सकेका छैनन् ।
समितिका अध्यक्ष ओमबहादुर बिकद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ जिल्ला खानेपानी कार्यालय र यस उपभोक्ता समिति विच पुर्नस्थापना कार्यक्रम अन्र्तगत सम्झौता भएको कार्यक्रम मध्ये सो पाईप ढुवानी गर्न लागिएको व्यहोरो जानकारी गराउँद छौं ।

उनिहरुलाई उक्त पाईप अन्यत्र लैजान खोजिएको भन्ने कुरा हल्ला मात्रै भएको जिकिर गरेका छन् । सो कार्यालयले पाईप निकासी गर्न ताकेता गरेको र भौगोलिक विकटताका कारण तत्काल त्यहाँबाट निकासा गरी बाहिर राख्ने र पछि आँपचौर ढुवानी गर्ने आफुहरुले व्यवस्था मिलाएको विज्ञप्तीमा भनिएको छ । यसरी वाहिर निकाल्दै गरेको पाईपहरुलाई केहि राजनैतिक दलले उक्त विषयलाई अतिरञ्जीत गर्दै चुनावी फाईदा लिन प्रोपकाण्ड मच्चाएको उनिहरुको आरोप छ ।

संयोग खानेपानी कार्यालयबाट ति दुई ट्याक्टर पाईप हिडाल्दै गरेको अवस्थामा एमाले कार्यकर्ताहरुले वरामद् गरी रहँदा यता पश्चिम तर्फ जिपमा व्यक्तिको भनिएका पाँच रोल पाईप समेत एमाले कार्यकर्ताहरुले वरामद् गरी प्रहरीमा बुझाएका थिए। ति पाँच रोल पाईपहरुको त्यसै दिन साँझ करिव ९ वजेको समयमा व्यक्ति हुमा पोखरेलले विल पेश गरेर आफ्नो घर लगेका थिए । पोखरेलले भने –‘केहि दिन अघि नयाँगाउँ र यता अर्खलेमा एमालेबाट र माओवादीबाट १ सय ३१ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए त्यसैको रिसमा म व्यक्तिले लैजान लागेको पाईप समेत पक्राउ गरिएको हो ।
’ पोखरेलले लैजान लागेका पाईपहरु पनि सरकारी भएको र तिनै प्रवेश गरेका कार्यकर्ताहरुलाई रिझाउन लैजाँदै गरेको एमालेको आरोप रहेको छ । अहिले यस विवादका सम्वन्धमा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय बैठक चलिरहेको बताइएको छ ।स्थानिय तहको निर्वाचनको संघारमा आ–आफ्नो पार्टीमा कार्यकर्ता प्रवेश गराउने लहर चले संगै कांग्रेस एमाले विच सम्वन्ध चिसिदै गएको छ र उनिहरु एक अर्कामा आक्रमक देखिएका छन् ।

पछिल्लो यो विवादमा भने एमालेले सिङ्गो कांग्रेसलाई आक्षेप नलगाई केहि नेताहरुको क्रियाक्लाव प्रति मात्रै प्रश्न चिन्ह खडा गरेको जनाएको छ । चुनावको संघारमा काग्रेसका केहि नेताले कार्यकर्ता रिझाउन प्रकृया मिच्दै जथाभावी विकास बाँढेर राजनैतिक दुरुपयोग गरेको आरोप लगाउँदै आफुहरुले उक्त कार्य रोक्न पाईप वरामद गरेको एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त लगायतका नेताहरुले बताउँदै आएका छन् ।

काग्रेसले आजको पत्रकार सम्मेलनमा एमालेले आफुहरुलाई लगाए जस्तो आरोप उसले थुप्रै ठाउँमा गरे पनि उसको सञ्चार माध्यममा नआउने तर आफुहरु संलग्न नहुँदा नहुँदै पनि अतिरञ्जित भएर समचार आएको भन्दै आफुरुको अत्यन्तै चित्त दुखेको गुनासो गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend