साझा नेटवर्क
प्रेम सुनार गुल्मी ,फागुन २८ ।
हिजोको पाईप काण्डलाई बैधानिक बनाउन निकै चलखेलहरु सुरु भएको आज विहानको छलफलमा चर्चा गरिएको छ । माओवादी केन्द्रका नेता बुद्धि जिसीकै अगाडी वरामद् गरिएका पाईपहरुको भ्याट विल साँझ सात वजे तिर जिल्ला प्रहरीकार्यालयमा पुराईएको नेता जिसीले छलफलमा खुलासा गरे ।
उता रातौरात आँपचौरको उपभोक्त समिति आएर हामीले लेखाबढी गरेरै पाईप बुझेका हौं भन्दै विज्ञप्तीवाजी र पत्रकारहरु संग चर्को चर्को स्वर गरेको पत्रकार महासंघका निर्वतमान अध्यक्ष घनश्याम गौतमले बताए ।बुझेरै लगेको पाईप भए पुर्वतिर लाग्नु पर्ने ट्याक्टरको पाईप पश्चिम वेदुखर्क र यता माईकास्थान तिर युवा संघले कसरी पक्राउ गरे त ?भनेर विहान व्याङ्ग पनि गरियो ।
केहि दिन अघि अर्खलेको साउनेथुममा काग्रेसमा प्रवेश गराईएका कार्यकर्तालाई रिझाउन जिपमा लैजाँदै गरिएको ५ रोल पोलिथिन पाईप आफुहरुले वेदुखर्कमा पक्राउ गरिएको एमाले कार्यकर्ता हरिप्रसाद पोखरेलल बताए ।हिजो भुसाल टे«डिङ्गको गोदाममा थन्काईएको ११ रोल भनिएको पाईप र माईका स्थानमा पक्राउ गरिएको एक ट्याक्टर पाईप कुन उपभोक्ता समितिको नाममा छ भन्ने कुरा खुल्न सकेको छैन् ।एमाले कार्यकर्ताले खानेपानी कार्यालमा तालावन्दी गरे पछि कागज पत्र मिलाउने कुरामा पनि थप चन्द्रग्रहण लागेको एमाले कार्यकर्ताहरु बताउँ छन् ।
अनेरास्ववियुका संयोजक राजेन्द्र विक्रम कुँवरले तम्घासका व्यापारिको गोदाममा सरकारी पाईप थन्काईनुका पछाडी गहिरो नियति रहेको आरोप लगाए । विहानको सर्वदलिय छलफलमा नेपाली कांग्रेसका नेताहरुको सहभागिता थिएन ।एमाले नेता मधुकृष्ण पन्तले फोन गरेर कांग्रेस सभापति भुवन प्रसाद श्रेष्ठलाई वोलाए उहाँ नआएको उनले गुनासो गरे । पन्तले भने हामी सिङ्गो काग्रेस प्रति आक्षेप लगाउन खोजेको होईन केवल त्यस्तो कार्य गर्ने केहि नेता कार्यकर्ता प्रति हो उहाँ आउनु पर्दथ्यो ।
यस पाईप प्रकरणमा काग्रेस सचिव खिलध्वज पन्थीको नाम मुछिएको छ तर उनले आफुलाई केहि थाह नभएको जिकीर गर्दै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend