logo
  • शुक्रबार, असोज ९ २०८३

मासु भात खाँदै अनुगमनमा जानुको अर्थ छैन:बस्नेत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार गुल्मी ,फागुन २८।
अखण्डका अध्यक्ष बस्नेतले छलफलमा निकै घत लाग्दो कुरा राखे । उनले भने ‘अव हामी राजनैतिक दलहरु मसु भात खाँदै विकास निर्माणको अनुगमन गर्न जानुको कुनै अर्थ छैन् ।

’एकातिरको विकास अर्को तिर हालेको पनि थाह छैन् । अनि ठाउँ ठाउँमा केहि नेताहरुको दवावमा रकम पार्ने त्यस रकमको आधा पैसा उ संग मागेर त्यसबाट कार्यकर्ता किन्ने प्रबृद्धि बढेको भन्दै बस्नेतले दलहरुको अनुगमन अनियमित्तालाई अनुमोदन भएको आशय व्यक्त गरे । गुल्मी जिल्ला अनुगमना मासु र भात मात्रै खाईदैन ।

दलका नेताहरु सहित रोजिन्दा अर्थात खोज होईन रोज पत्रकारहरुलाई समेत लगरे टिल्ल दारुपानी गराईन्छ ।मानौ कि त्यो अनुगमन होईन मोज मस्तीका लागि भ्रमण बन्ने गरेको छ । कथित अनुगमनमा एउटै क्षेत्रमा दुई लाख झ्याम्म हुन्छ। यो संस्कृतिले कुनै पनि विकास निमाणमा ३० प्रतिशत पनि काम नहुने गरेको जानकारहरु आफै खुलासा गर्दै आएका छन् ।

नेता बस्नेतले यहि विषयको बढि निगरानी हुनु पर्ने र काम सकेर मात्र अनुगमन हुनु पर्नेमा जोड दिए । नयाँशक्ती नेपालका नेता घनश्याम पाण्डेले पनि केहि नेताहरुमा आफै रकम पार्ने आफै खाने संस्कृति मौलाएको भन्दै खेद व्यक्त गरे । पत्रकारहरुले यस्ता विषय जोडदार ढंगले उठानु पर्नेमा उनको पनि जोड थियो ।

नेपाल परिवार दलका नेता पशुपति पाण्डेले पनि यो विषयमा गम्भीर भएर लाग्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend