logo
  • शनिबार, असोज १० २०८३

पाईप प्रकरणः खानेपानीमा चन्द्रग्रहण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी,फागुन २८।
हिजो पाईप वरमद प्रकरण विभिन्न सञ्चार माध्यममा आए लगत्तै खैलाबैला मच्चीएको छ । गाउँ गाउँमा व्यापक आलोचना सुरु भएको छ भने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय उपल्लो तम्घासमा त पाईप प्रकण चन्द्रग्रहण लागे जस्तै बनेको छ ।
युवा संघ र अनेरास्ववियुले एक ट्याक्टर पाईप वरामत गरेको र अर्को एक ट्याक्टर भुसाल टे«डिङ्ग कन्र्सनको गोदाममा झारी सकेको भन्ने आरोप पनि पुष्टी भएको छ। त्यस कन्र्सनका तारा भुसाल उक्त पाईप विवाद स्पद भएकोले आफुले हिजो साँझ ७ वजे गोदामबाट जिल्ला प्रहरी कार्यालयमा लगेर बुझाई दिएको बताएका छन् ।

आज विहान बसेको यहाँका राजनैतिक दल र पत्रकारहरु विच भएको छलफलमा भुसालले आफुहरुलाई अनाहकमा प्रयोग गरिएको प्रतिकृया दिए । विवादित नहोला र थोरै परिमाणमा होला भन्ने ठानेर मैले खिल्ध्वज दाईको आग्रहमा गोदाममा राखी दिएको हुँ भन्दै जसका कारण आफ्नो नाम मुछिन गएको प्रति भुसालले दुखेसो व्यक्त गरे ।छलफलमा नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्तले भुसाल जिल्लाको जिम्मेवार पत्रकार समेत भएकाले यस्ता कुरामा पहिल्लै सावाधानी हुनु पर्ने सुझाव दिए ।

सोही पार्टीका सचिव सोमनाथ सापाकोटाले हिजोको पाईप प्रकरण मात्रै नभएर यस्ता थुप्रै राजनैतिक दुरुपयोगका कुरा निगरानी र भण्डाफोरको विषय भएको धारणा राखे । गाउँ गाउँमा पाईप ,दुई चार वोरा सिमेन्ट, जस्ता पाता र सोलरको राजनिती गर्नेहरुले नेकपा माओवादी केन्द्रलाई समेत आजित पारेको सो पार्टीका केन्द्रिय सदस्य बुद्धि जिसीले बताउँदै एमालले गरेको युक्त कार्य प्रति धन्यबाद दिए ।

अखण्ड नेपालका अध्यक्ष नेत्रबहादुर बस्नेतले न विल न भर्पाई भएर गोदाममा थन्काईएको सरकारी पाईपहरुका विषयमा गम्भीर छानविन हुनु पर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend