logo
  • शनिबार, असोज १० २०८३

साउदी पुगेको एक महिना मैं सडक दुर्घटनामा मृत्य


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी,फागुन २६।
बैदेशिक रोजगारका लागि सउँदी अरव पुगेको एक महिना नपुग्दै एक जना गुल्मेलीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । हिजो नेपाली समय रातको करिव २ वजे गुल्मीको घमिर गाविस वडा नम्वर २ का अन्दाजी ३५ वर्षिय दधिराम खत्रीको मृत्यु भएको हो ।घमिर घर भई सउदी अरवमै कार्यरत चम्पाबहादुर कार्कीका अनुसार खत्री सउदी पुगेको एक महिना भएको थियो । गुल्मीका खत्री संगै पोखरा स्थित काउडाँडा ४ बाझपाटनका अन्दाजी २० वर्षिय बिक्रम घिमिरेको पनि मृत्यु भएको सउदी राजदुतावासले जनाएको छ ।दुतावासबाट हामीलाई प्राप्त तथ्याङ्गका अनुसार पछिल्लो दुर्घटनाका दुई जना मृतक वाहेक सन २०१० देखि हाल सम्म ४ हजार ५ सय ६२ जना नेपालीको विभिन्न घटना र विरामी परी मृत्यु भएको छ । तस्वीरः नेपाली दुतावास सउदी अरवबाट प्राप्त मृत्यु दरको तथ्याङक साथमा मोटो शरिर भएका गुल्मी घमिरका मृतक र युवा अवस्थाको पोखराका मृतक

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend