logo
  • शनिबार, असोज १० २०८३

खानेपानीको पाईप व्यक्तिका गोदाममा लैजाँदै गर्दा पक्राउ


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार् गुल्मी,फागुन २६ ।
नेकपा एमाले र विप्लव नेतृत्वको माओवादी पार्टीका विद्यार्थी र युवा संघठनले आज साँझपख गुल्मीको खानपानी तथा सरसफाई डिभिजन कार्यालयबाट सदरमुकाम तम्घासको एक पसलको गोदाममा लैजाँदै गर्र्दा एक ट्याक्टर पोलिथिन पाईप वरामद गरेको छ ।युवा संघ नेपाल, अनेरास्ववियु र विप्लव माओवादीको रेसुङ्गा नगरकमिटी तथा उसको विद्याथी संगठन अखिल क्रान्तिीकारीले उपलल्लो तम्घासस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट करिव २ हजार मिटर भन्दा बढि पोलिथिन पाईप ट्याक्टरमा लोड गरी भुसाल टे«डिङ्ग कन्र्सन तम्घास बसपार्कमा लैजाँदै गर्दा माईकास्थान अलिपरको गैरामा ति संगठनले पक्राउ गरी जिल्ला प्रहरी कार्यालमा लगेर बुझाएका छन् ।

अनेरास्ववियुका जिल्ला संयोजक राजेन्द्रविक्रम कुँवरले केहि दिन यता आर्थिक चलखेल भएको सुराक पाए पछि आफुहरुले पछ्याउँदै आई रहेका वेला आज आज एक ट्याक्टर पाईप पक्राउ गरिएको बताए । उनले नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीको निर्देशनमा पाईप व्यक्तीको गोदाममा थन्काउन पठाएको आरोप लगाए ।

अखिर क्रान्तिकारीका जिल्ला अध्यक्ष मुक्ति गैरेले सरकारी कार्यालयको पाईप वजारका व्यापारीलाई बेच्ने गरेको आशंकामा पक्राउ गरिएको बताए । पाईप करिव १ लाख ६० हजार मुल्य वरावरको आंकलन गरिएको ति संगठनले बताए ।‘खानेपानीबाट पाईप ल्याँउँदै गाउँ गाउँमा वितरण गर्दै अरु पार्टीका कार्यकर्ता कांग्रेसमा प्रवेश गराउने लहरको यो भण्डाफोर पनि हो’– संयोजक कुँवरले भने–‘ यसबाट खानेपानी तथा सरसफाई कार्यालयको आर्थिक चलखेल र यता नेपाली कांग्रेसको राजनैतिक दुरुपयोग हो भनेर बुझन् सकिन्छ ।’

कैयौ परियोजनाहरु पाईप छैन भन्दै अलपत्र परी रहेका वेला सदरमुकामका व्यवसायीहरुको गोदाममा थन्काईने विषयमा भोली जिल्ला प्रहरी कार्यालयमा छलफल र अनुसन्धान हुने कुँवरले जानकारी दिए । उनले आजै अर्को एक ट्याक्टर पाईप भुसालको गोदामा थन्काई सकिएको आरोप समेत लगाए।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख वालमुकुन्द श्रेष्ठ संग सम्पर्क राख्दा उनले आफ्ना कर्मचारीहरुले आफुलाई झुक्काएको जिकिर गरे ।

उनले भने –‘म अहिले पुर्कोदहमा सर्वे गर्न आएको छु,कार्यालयबाट नासु कर्मचारी लालमाया घर्तिले आँपचौरबाट उपभोक्ता समितिका अध्यक्ष आउनु भएको छ भनेर भनिन् ,मैले आएको भए देउ भने तर पछि थाह भयो खिलध्वज पन्थीले भनेर दिईएको रहेछ । अव मैले ति कर्मचारीलाई कार्वाही गर्छु । मलाई त्यसरी झुक्काएर पुर्व जाने पाईप यता पश्चिम तम्घासको नेटा तर्फ पठाईदै रहेछ भन्ने बुझेको छु । ’

भुसाललाई बेच विखन गरेको आरोप लगाईएका छ नि भन्ने प्रश्नमा श्रेष्ठले त्यस्तो हुनै नसक्ने दावि गरे ।जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भोलाबहादुर रावलले उक्त पाईपहरु नियन्त्रणमा लिईएकोे र खानोापानी कार्यालयका प्रमुख आएर मात्र के रहेछ स्पष्ट हुने बताए । भुसाल टे«डिङ्ग कन्र्सनका प्रमुख नन्दराम भुसाल संग सम्पर्क राख्दा आफुलाई केहि थाह नभएको छोरा तारा भुसाल संग सोध्न आग्रह गरे ।

छोरा भुसालले पनि आफुलाई केहि थाह नभएको बताए । ट्याक्टर चालक कमल मगरले त तपाईकै गोदाममा लैजान लागेको बताएका छन् नि ? भन्ने प्रश्नमा उनले भने –‘खिलध्वज दाई (कांग्रेस सचिव खिलध्वज पन्थी ) ले विहान आँपचौर तिर पठाउने पाईप हो ,तिम्रो गोदाममा थन्काई देउ त भन्नु भएको थियो त्यसो भए त्यही होला। ’

खिलध्वज पन्थी संग सम्पर्क राख्दा मलाई केहि थाह छैन भन्ने छोटो जवाफ दिए ।तपाईकै निर्देशनमा पाईप ओसार पसार भएको आरोप छनि भन्ने प्रश्नमा –‘ कसैले कसैलाई इष्टा राख्न वा कसैको समस्या समधान गर्न त्यसो गरिएको होला भन्ने छोटो प्रतिकृया दिए । नेकपा एमालले पाईप बाँड्दै सोझा साझा जनतालाई पार्टी प्रवेश गराउने कांग्रेसमा लहर चलेको आरोप लगाउँदै आएको छ।

केहि दिन अघि बडागाउँको अग्नी पिडित गाउँ दजाकोटमा समेत १ हजार मिटर पाईप दिएर विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गराएको एमालेजनको आरोप छ । अखिलका संयोजक कुँवरले कांग्रेसमा चुनावी विकासको संज्ञा दिए ।स्थानिय तहको निर्वाचन गर्ने भनिए पछि यति वेला अन्य पार्टीम समेत कार्यकर्ता प्रवेशको लहर चलेको छ ।

यसरी पाईप,जस्ता पाता र सोलर बाँडेर गरिदै आएको पार्टी प्रवेशलाई नेकपा माओवादी केन्द्रका सह ईञ्चार्ज सुदर्शन बरालले कडा शव्दमा निन्दा गरे । उनले यस्तो प्रवृद्धि संसदिय राजनीतिमा गन्धा संस्कृतिको सज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend