साझा नेटवर्क
दुर्गाप्रसाद भण्डारी अर्खले गुल्मी,फागुन २६ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं.४ निवासी समाजसेवी खगिस्वरा बस्यालको १३ दिनको पुन्य तिथिको अबसरमा शोक सभा सम्पन्न भएको छ । स्थानिय समाजसेवी बिभिन्न क्लव,समुहको आयोजनामा सम्पन्न भएको हो । श्रद्धाञ्जली समाभामा बोल्ने अधिकांश बक्ताहरुले यस क्षेत्रकै उदारणिय समाजसेवी अबिभावक गुमाएकोमा दुख व्याक्त गरेका थिए ।
स्वर्गिय समाजसेवी खगिस्वर बस्यालको ८७ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गिय समाजसेवी खगिस्वरा बस्यालले साविकको अर्खले गाविसकोकार्यलय नजिकै आफ्ना श्रीमानको स्मरणमा २०५६ सालमा कुल ७ लाख ५० हजारमा शिवालय मन्दिर निर्माण गर्नू भएको थियो । मन्दिर निर्माणका अगवा उहाँले रु ९० हजारको अक्षय कोष समेत स्थापना गर्नू भएको थियो ।
समाजमा एक उदारणिय काम गर्नु भएकी एक समाजसेवी गुमाउदा यस टेलवासीले दुख ब्यक्त गरेको स्थानिय समाजसेवी चोलाराज शर्मााले बताए । यस टोलमा ठुलो धनरासीबाट उहाँलेबनाएको मन्दीर समाजका अन्य क्षेत्रमा उहाँकोअमुल्य योगदानको यस टोलवासीले गरेकोशर्माले बताए ।
श्रद्धाञ्जली समाभा स्थानिय बसुन्धारा भण्डारीको अध्यक्षता र स्थानिय समाजसेवी चोलाराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend