logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा रुख काट्ने क्रममा मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री गुल्मी फागुन २६ ।
रुख काट्ने क्रममा गुल्मीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको रुपाकोट गाविसको वडा नं.९ स्थित पिपलचौर भन्ने स्थानमा बिद्यालयको भवन निर्माणको लागी रुख ढाल्ने क्रममामा च्यापीएर सोहि गाविस वडा नं.१ निवासी ७८ वर्षिय नन्दराम पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिए ।

रुपाकोट स्थित सारदा माविको भवन निर्माणको लागी रातोमन्टे भन्ने रुख ढाल्ने क्रममा घाइते भएका पोखरेलको थप उपचारको लागी पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । रुख काट्ने क्रममा अन्य २ जना घाइते भएका छन् । सोहि गाविस निवासी २४ वर्षिय लक्ष्मी भण्डारी र २१ वर्षिय सुनिता भण्डारी घाइते भएका हुन् ।

घाइते २ जनाको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend