साझा नेटवर्क
जितेन्द्र खत्री, अर्घाखाँची फागुन २५ ।
अर्घाखाँची २५ फागुन । अर्घाखाँचीको खिदीम गाविसमा पुर्ण सरसफाई सम्बन्धि कृयाकलापको बारेमा शिक्षक, अभिभावक र विद्यार्थीहरुको लागि दुई दिने तालिम सम्पन्न भएको छ । सरसफाईको महत्व र आबस्यक्ताको बारेमा जानकारी गराउदै विद्यालय सेवा क्षेत्रलाई पुर्ण सरसफाईयुक्त सेवा क्षेत्र बनाउने विषयमा तालिम प्रदान गरिएको थियो ।

लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरण र फण्डबोर्डको सहयोगमा सञ्चालन भएको तालिममा खिदीम गाविसका ८ वटै विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण लुम्बिनी सामाजिक विकास केन्द्रका टिम लिडर, हरि प्रसाद पौडेल र सरसफाई अधिकृत प्रेम आचार्यले गरेका थिए ।
सरस्वती भवन राष्ट्रिय माविका प्रध्यानाध्यापक नारद ठाकुरको अध्यक्षता, जिल्ला शिक्षा कार्यलयका स्रोत व्यक्ति यादव प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिमको समापन समारोहमा दुर्बाशेश्वर मावि शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, महादेब आधारभुत विद्यालयका प्रधनाध्यापक टिकाराम कोईराला, विद्यार्थी अनुराधा कोइराला लगायतले मन्तब्य राख्दै विद्यालय सेवा क्षेत्रलाई पुर्ण सरसफाईयुक्त सेवा क्षेत्र बनाउन सबै लाग्नु पर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक कमल केसीले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend