साझा नेटवर्क
काठमाडौँ, फागुन २५।
बरिष्ट समाजसेवी सुमित्रा बस्नेत राष्ट्रिय नारि सम्मान २०७३ बाट सम्मानित भएकी छिन । १०७ औ अन्तराष्ट्रिय महिला दिबसको अवसर पारेर बिगत डेढ दशक देखि सेवा मुलक ब्यबसाय र सामाजिक क्षेत्रमा सक्रिय भई महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप बस्नेतलाई फोकस नेपाल तथा सिर्जनशील महिला मंचले उनको कार्यलाई उच्च मुल्यांकन गर्दै राष्ट्रिय नारि सम्मान २०७३ बाट सम्मानित गरेको हो ।
राष्ट्रिय नाच घरमा सम्पन्न उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि शान्ति तथा पुन निर्माण मन्त्रि माननीय सिता देबी यादब तथा बिशिष्ट अतिथिमा शहरी बिकास राज्यमन्त्री मिठु मल्लको उपस्थितिमा उक्त राष्ट्रिय नारि सम्मान २०७३ बरिष्ट समाजसेवी सुमित्रा बस्नेतलाइ प्रदान गरिएको थियो ।
सो अबसरमा सुमित्रा बस्नेत लागायत सामाजिक क्षेत्र तथा अन्य क्षेत्रमा अग्रणी भुमिका निर्बाह गर्ने महिलाहरुलाई पनि सम्मान गरिएको थियो । राष्ट्रिय नारि सम्मान २०७३ कार्यक्रममा सम्मान लगायत विभिन्न सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व फोकस नेपालका अधक्ष्य राम चन्द्र पोखरेलले गरेका थिए ।
सामाजिक कार्यमा सधै अग्रसर भएर सामाजिक कार्यमा पुर्याएको बिशिस्ट योगदान स्वरुप बरिष्ट समाजसेवी सुमित्रा बस्नेतले यो भन्दा अगाडी पनि विभिन्न दर्जनौ राष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी छिन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend