साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी फागुन २४ ।
बडागाँउ श्रोत केन्द्रले मंगलबार आफ्नो केन्द्र भित्रबाट अवकाश प्राप्त गरेका शैक्षिक ब्यक्तित्वहरुलाइ सम्मान गरेको छ । कार्यक्रममा बडागाँउ श्रोत केन्द्रबाट अबकाश प्राप्त गर्नुभएका बिन बहादुर गौतम, पुथ्वी उमाबि पुर्ब प्रअ द्धोय पृथ्वी बहादुर र दुर्गा बहादुर सुर्यबशंी, तथा केन्द्रका बिभिन्न बिद्यालयहरुबाट अबकाश प्राप्त गरेका ३१ जना शिक्षकहरुलाइ मायाको चिनो सहित सम्मान गरिएको हो ।
त्यसैगरी सोही अवसरमा शिक्षाप्रेमी बयोबृद्ध चिना बहादुर सिँहलाइ पनि सम्मान गरिएको हो । कार्यक्रमको अवसरमा गत बर्षको एसएलसी परिक्षामा श्रोत केन्द्रबाट सर्बाेत्कृष्ट अंक ल्याउने ५ जनालाइ सम्मान गरिएको थियो भने कक्षा ५ र ८ मा पनि उत्कृष्ट अंक ल्याउने ३–३ जनालाइ सम्मान गरिएको थियो । उता पृथ्वी उमाबिले पनि कक्षा ११ र १२ उत्तीर्ण गर्ने बिद्यार्थीहरुलाइ सम्मान गरेको थियो ।
कार्यक्रमकै अवसरमा सम्पन्न भएको बिद्यालय स्तरीय रेकर्ड डान्स प्रतियोगीामा पालखा माबि हस्तिचौरकी बर्षा सारु प्रथम, देबिस्थान माबिकी मिरा सारु द्धितिय तथा हिमालय उमाबिकी पार्वती सारु तृतिय भएका छन । त्यसैगरी अन्य समुह सान्त्वना भएका छन । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान गुल्मीका कोषाध्यक्ष तथा गायक हरि खत्रीको बिशेष प्रस्तुती रहेको थियो ।
कार्यक्रममा श्रोत केन्द्र ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, रहेको थियो भने जिल्ला शिक्षा कार्यालय गुल्मीका जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी जिशिका गुल्मीका शाखा अधिकृत लोकनाथ मरासीनी, बिद्यालय निरिक्षक पताम्बर पन्थी, जिशिका गुल्मीका लेखा अधिकृत लक्ष्मण पौडेल, पृथ्वी उमाबिका चन्द्र बहादुर पाण्डे लगायतको बिशेष उपस्थिती रहेको थियो ।
कार्यक्रममा श्रोत ब्यक्ति चुरा बहादुर छन्तलले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालन सम्मान समिकिा सदस्य कौरब खत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा प्मुख अतिथि तथा अन्य अतिथिहरुलाइ पनि मायाको चिनो सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिशिका गुल्मी जिल्ला शिक्षा अधिकारी खनालले या कार्यक्रम नमुना कार्यक्रम भएको बताउनुभयो । उहाँले अब सामुदायिक बिद्यालयहरुले शिक्षाको गुणस्तर सुधारमा सबै लाग्नुपर्नेब ताउनुभयो । उहाँले देशले अहिले सैद्धान्तिक ज्ञानको साथै ब्यबहारीक शिक्षालाइ पनि प्राथमिकता दिन थालेको बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend