साझा नेटवर्क
जीवन पौडेल, बागलुङ फागुन २४ ।
इमान्दारीता र पारदर्शिता सहकारीको अपरिहार्यता भन्ने मुल नाराका साथ बरेङ बजार बागलुङमा सहभागितात्मक सहकारी सम्बन्धी लेखापालन तालीम मंगलबारदेखी औपचारीक रुपमा सुरुभएको छ । डिविजन सहकारी कार्यालय बागलुङको आयोजना र विहानी बहुउद्देश्यीय सहकारी संस्था लीमिटेड बरेङको संमन्वयमा सुरु भएको सो तालीमको आज औपचारीक रुपमा उद्घाटन गरिएको हो ।
विहानी बहुउद्देश्यीय सहकारी संस्थाका संचालक समितिका सदस्य पदम बहादुर पुनको अध्यक्षता रहेको उद्घाटन समारोहमा डिविजन सहकारी कार्यालय बागलुङका सहकारी निरिक्षक होमनाथ ढकाल, डिविजन सहकारी कार्यालय बागलुङका सहायक सहकारी निरिक्षक डोलराम शर्माको प्रमुख आथित्यता रहेको थियो ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि तथा डिविजन सहकारी कार्यालय बागलुङका सहकारी निरिक्षक होमनाथ ढकालले जहाँ पुजीको लगानी हुँदैन त्यहाँ संघ संस्थाको मायाँ नहुने भन्दै लेखालाई व्यवस्थीत गर्न जरुरी रहेको कुरा उल्लेख गर्नुभएको थियो । कार्यक्रममा सहायक सहकारी निरिक्षक डोलराम शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कायर्यक्रममा सिवाई सि नेपाल शाखा कार्यलय बरेङका सहायक प्रबन्धक कृष्ण शर्मा, धुल्लु लीउवा माविका प्रअ फटिक थापा,नया कृषि अभियानका सचिव तिलक थापा लगाएत बरेङ आसपासका विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाका प्रमुख तथा प्रतिनिधीहरुले तालीम सफलताको सुभकामना व्यक्त गरेका थिए ।
अध्यक्ष पदम पुनको मन्तव्य सहित सम्पन्न उद्घाटन समारोहको संचालन विहानी बहुउद्देश्यी सहकारी संस्था ली. का प्रबन्धक शेखर थापाले गर्नुभएको थियो । आउँदो फागुन २९ गते सम्म संचालन हुने तालीम भोली बुधबार विहान ११ बजे देखी प्रत्यक दिन बेलुकी ४ बजे सम्म संचालन हुनेछ ।
तालीमको डिविजन सहकारी कार्यालय बागलुङका सहकारी निरिक्षक होमनाथ ढकाल र डिविजन सहकारी कार्यालय बागलुङका सहायक सहकारी निरिक्षक डोलराम शर्माले सहजीकरण गर्ने बताइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend