logo
  • शुक्रबार, असोज ९ २०८३

एमाले गाउँ पस्न थाल्यो : इस्मा गाउँपालिकामा निर्वाचन परिचालक कमिटी बन्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी फागुन २४।
सरकारले स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेपछि स्थानीय राजनैतिक दल आआफ्नो तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचनमा आफुलाई पहिलो पार्टी बनाउन नेकपा एमालेले आफु मातहतका कमिटीहरुको गठन तथा पुर्नगठन, प्रशिक्षण तथा नयाँ सदस्यता वितरण लगायतका गतिविधी संचालन गरेको छ ।

सोहि अभियान अन्तरगत मंगलबार इस्मा गाउँपालिका स्तरिय भेला धर्नाजीमा सम्पन्न भएको छ । भेलाले नेकपा एमालेका जिल्ला कमिटी सदस्य नारायण पैयाँनीको अध्यक्षतामा ५ सय १ सदस्यीय इस्मा गाउँपालिका निर्वाचन परिचालन कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा तोयनाथ सापकोटा, सचिवमा दल बहादुर विक,उपसचिवमा टीका रेश्मी लगायत रहनु भएको छ। साथै भेलाले ४१ सदस्यीय सचिवालय पनि गठन गरेको छ ।

भेलामा नेकपा एमाले क्षेत्र नं ३ का संयोजक लक्ष्मण पराजुली र इस्मा गाउँपालिका इन्चार्ज लक्ष्मण बिष्टले स्थानीय तह,निर्वाचन,पार्टीको निर्देशन र आफुहरुको स्थिती लगायतका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरु, क्षेत्रिय कमिटीका पदाधिकारी एवं सदस्य, इलाका कमिटी तथा गाउँ कमिटीका पदाधिकारी एवं सदस्य लगायतको सहभागीता रहेको थियो ।

भेला पछि गाउँपालिकाका प्रत्येक वडाहरुमा भेला प्रशिक्षण, संगठन बिस्तार साथै स्थानीय तहको निर्वाचनमा सवै गाउँपालिकाको नेतृत्व गर्ने हिसावले पाटी गतिविधी संचालन गर्ने निर्णय भएको निर्वाचन परिचालन कमिटीका अध्यक्ष पैयानीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend