logo
  • शनिबार, असोज १० २०८३

लुहेस्को अर्घाखाँचीको आठौ बार्षिक साधारणसभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जितेन्द्र खत्रि, अर्घाखाँची फागुन २३।
अर्घाखालुम्बिनी स्वास्थय सेबा सहकारी संस्था लि. (लुहेस्को)अर्घाखाँचीको आठौ बार्षिक साधारण सभा बिहिबार सन्धिखर्कमा सम्पन्नभएको छ .कार्यक्रममा प्रमुख अतिथी जिल्ला स्वास्थय कार्यालयका प्रमुख डा.जगन्नाथ तिबारीले उद्घाटन गर्दै सहकारीको माध्यमबाट लुहेस्कोले स्वास्थय क्षेत्रमा टेवा पुयाएको भन्दै सफलताको शुभकामना दिनुभएको थियो ।

साधरण सभामा मेडिकल अधिकृत डा.हरि पन्थी ,औषधी व्यवसायी समिति अर्घाखाँचीका अध्यक्ष लिलामणि ढुङ्गाना ,पत्रकार महासंघका अध्यक्ष हिमलेकाली ,लुहेस्कोका सल्लाहाकार तिलक मिश्र लगाएतले सभा सफलताको शुभकामना दिनुभएको थियो ।

सभामा शेयर सदस्यका छोरा छोरी मध्येबाट उत्कृषट नतिजा प्राप्त गर्ने बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । जस्मा शेयर सदस्य सन्धिखर्क निबासी संगीता बेल्बासेकी छोरी पुजा बेल्बासेलाई नगद सहित शैक्षिक प्रोत्साहन पुरस्कारले सम्मान गरिएको थियो ।

उत्कृष्ट औषधी व्यवसायी तर्फ धन्चौरका तिलक भट्टराई र हंसपुरका काशीबहादुर बि.क लाई सम्मान गरिएको थियो । .कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता ,कोषाध्यक्ष कासी बि.कको स्वागत मन्तव्य र सचिब भोजराज पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend