logo
  • शनिबार, असोज १० २०८३

अखिल र क्रान्तिकारीको कव्जामा गुल्मीका क्याम्पसहरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल,गुल्मी फागुन २२।
देशभरका अधिकाशं क्याम्पसहरुको स्ववियूको नतिजा आइरहँदा गुल्मीमा निर्वाचन भएका सबै क्याम्पसको नतिजा आएको छ । जिल्लामा रहेका कुल ११ क्याम्पसमध्ये ७ वटा क्याम्पसमा स्ववियुको निर्वाचन भएको थियो । ३ क्याम्पसमा अखिल ९ क्रान्तिकारी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९ क्रन्तिकारी ले चुनाव भएका ३ क्याम्पसमध्ये २ र १ क्याम्पसमा सर्वसम्मत गरी जिल्लाका ३ क्याम्पसमा जितेको छ ।

धुर्कोट परमानन्द बहुमुखि क्याम्पसबाट शितल थापा विजयी भएकी छन् । उनले कुल ५८ मतमध्ये २७ मत ल्याउदै विजयी भएकी हुन् । उनका प्रतिद्धन्ति नेपाल विद्यार्थी संघका अशोक खनालले २४ मत ल्याएका थिए । त्यस क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको विद्यार्थी संगठनले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा गएको अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष राजन केसीले जानकारी दिए । श्रृङ्गेश्वर बहुमुखि क्याम्पस,रानिवासमा किशन पाण्डे विजयी भएका छन् ।

उनले कुल १५८ मतमध्ये ल्याएका थिए । उनका प्रतिद्धन्द्धि अनेरास्ववियुका ले मत ल्याएका थिए । क्याम्पसमा नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानल तथा अनेरास्ववियुको प्यानल चुनावी मैदानमा थिए । जनज्योति बहुमुखि क्याम्पस पुर्कोट दहमा अखिल क्रान्तिकारीकै श्रृजना घिमिरे निर्विरोध निर्वाचित भएकी थिइन् । त्यस्तै क्रन्तिकारी विद्यार्थी संगठनले रुरु सस्कँत विद्यापिठमा कोषाध्यक्ष जितेको छ। त्यस विद्यार्थी संगठनका किरण सिंजालीले उक्त पद जितेका हुन् ।

जिल्लामा अखिल क्रान्तिकारीले समानुपातिकतर्फका ३ क्याम्पसमा उपसभापति पनि हात पारेको छ। उसले रेसुङ्गा बहुमुखि क्याम्पस,तम्घास, चन्द्रकोट बहुमुखि क्याम्पस शान्तिपुर र रुरु सँस्कृत विद्यापिठ रिडिमा उपसभापति जितेको जिल्ला अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य घनश्याम खरेलले बताए । रुरु सँस्कृत विद्यापिठ क्याम्पसमा गणेश भट्राई तथा रेसुङ्गा बहुमुखि क्याम्पसमा गणेश पौडेल उपसभापति रहेका छन् ।

३ क्याम्पसमा अखिल नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले हालसम्म ३ क्याम्पसमा स्ववियु जितेको छ।उसले रेसुङ्गा बहुमुखि क्याम्पस, तम्घास र चन्द्रकोट बहुमुखि क्याम्पस शान्तिपुर र रिडी बहुमुखि क्याम्पसमा स्ववियु जितेको हो । रेसुङ्गा बहुमुखि क्याम्पसमा श्रीराम महत, चन्द्रकोट बहुमुखि क्याम्पसमा विमला गौतम र रिडी बहुमुखि क्याम्पसमा रामप्रसाद पोखरेललले स्ववियु हात पारेका हुन् । रेसुङ्गा बहुमुखि क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरु संयुक्त प्यानल र नेपाल विद्यार्थी संघको प्यानल चुनावी मैदानमा उत्रिएका थिए ।

उक्त क्याम्पसमा अनेरास्ववियुको संयुक्त प्यानलै विजयी भएको छ। जिल्लाका क्याम्पसमध्ये अनेरास्ववियुले ६ क्याम्पसमा सविच जितेको छ । उसले रेसुङ्गा बहुमुखि क्याम्पस, धुर्कोट परमानन्द बहुमुखि क्याम्पस, जनज्योति क्याम्पस, रुरु सँस्कृत विद्यापिठ, रिडी बहुमुखि क्याम्पस र श्रृङ्श्वर बहुमुखि क्याम्पसमा स्ववियु सचिव हात पारेको छ । रेसुङ्गा क्याम्पसमा नविन अर्याल,धुर्कोट परमानन्द क्याम्पसमा शिला भण्डारी, जनज्योति क्याम्पसमा युवराज घिमिरे, सँस्कृत विद्यापिठमा ज्ञानेन्द्र पाण्डे र श्रृङगेश्वर बहुमुखि क्याम्पसमा किरण ज्ञवाली सचिव पदमा निर्वाचित भएका छन् ।

त्यस्तै उसले ३ क्याम्पसमा कोषाध्यक्ष पद जितेको छ। रेसुङ्गा क्याम्पसमा विपना सुर्यवशिं, धुर्कोट परमानन्द क्याम्पसमा मुना कुँवर, रिडी बहुमुखि क्याम्पसमा वितिका थापा र श्रृङगेश्वर क्याम्पसमा श्रृजना थापा कोषाध्यक्ष रहेका अनेरास्ववियुका जिल्ला सह संयोजक शोभाखर गिरीले जानकारी दिए । १ क्याम्पसमा नेविसंघ नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले १ क्याम्पसमा सहमतिका आधारमा रुरु सस्ँकृत विद्यापिठ रिडीमा सभापति जितेको हो । नेविसंघका सुयस रिजाल सभापतिमा चयन भएका छन् । त्यस्तै उक्त संगठनले जिल्लामा १ वटा कोषाध्यक्ष पनि सहमतिकै आधारमा पाएको छ ।

जनज्योति बहुमुखि क्याम्पस पुर्कोटमा संगठनको तर्फबाट शारदा सेन कोषाध्यक्षमा रहेको नेविसंघका जिल्ला कार्यवाहक सभापति झविन्द्र पाण्डेले जानकारी दिए । ४ क्याम्पसमा चुनाव भएन जिल्लाका ४ क्याम्पसमा हालसम्म पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेको छैन् । जिल्लाका सत्यवती बहुमुखि क्याम्पस हसंरा, मानका टिकाराम बहुमुखि क्याम्पस मजुवा, रुद्रावति बहुमुखि क्याम्पस वामी र दिगाम आदर्श बहुमुखि क्याम्पस दिगाममा निर्वानच हुन नसकेको हो ।

वामीको रुद्रावति बहुमुखि क्याम्पस बाहेक अन्य क्याम्पसमा विद्यार्थी सङ्ख्या कम भएको कारणले निर्वाचन हुन नसकेको हो । रुद्रावति बहुमुखि क्याम्पसमा अनेरास्ववियुले लगाएको ताला खोलिएको संगठनका जिल्ला सह संयोजक शोभाखर गिरीले बताए । आलोपालो गर्ने १ क्याम्पस चन्द्रकोट बहुमुखि क्याम्पस, शान्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व विभिन्न विद्यर्थी संगठनले आलोपालो गर्ने सहमति भएको छ । उक्त क्याम्पसमा अहिले एमाले निकट अनेरास्ववियुले नेतृत्व गरेको छ ।

त्यसको ४ महिनापछि माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले नृतृत्व गर्ने र त्यसको पनि ४ महिनापछि काङ्ग्रेस निकट नेविसंघले नेतृत्व गर्ने विद्यार्थी संगठनका जिल्लास्तका नेताहरुको भनाई छ। उक्त क्याम्पसमा प्रत्येक ४/४ महिनाको अन्तरालमा नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको अखिल क्रान्तिकारीका जिल्ला संयोजक भरत चन्दले जानकारी दिए ।७ सदस्यिय स्ववियु त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनमा कुल १५ सदस्यहरु रहने ब्यवस्था गरेको छ। तर गुल्मीको रिडि बहुमुखि क्याम्पसमा ७ सदस्यिय स्ववियुको गठन गरिएको छ ।

क्याम्पसमा कुल १२ जना विद्यार्थी भएको र त्यसमध्येबाट अनेरास्ववियुले दिएको ७ सदस्यिय स्ववियु समितिलाई क्याम्पस प्रशासनले आधिकारीकता दिएको क्याम्पस प्रमुख रोहित भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend