साझा नेटवर्क
प्रेम सनार गुल्मेली,फागुन २२ ।
गुल्मीका एक जना सर्जक अविरल लक्ष्मण गुल्मेलीले सउदी अरवमा वसेर मसानघाट वोलको गीत बजारमा ल्याएका छन् । गुल्मीको धुर्कोटरजस्थल वडा नम्वर–३ घर भई हाल सउदी अरवमा कार्यरत सर्र्जक गुल्मेलीले बजारमा ल्याएको उक्त गीतमा स्वर दिएकी छिन् चर्चित गायिका पुर्णकला बि.सी.र गायक ओम बि.सी.ले ।
त्यस्तै शव्द सिर्जनालाई जिवन्त लय दिएका छन् गायक ओम बिसीले ।सर्जक गुल्मेलीको शव्द सिर्जना र लगानीमा अव छिट्टै बजारमा आउन लागेको उक्त गीत सम्मान म्युजिक प्रा.लि.को व्यानरमा निर्माण भएको हो र प्रवन्ध निर्देशक रहेका छन् सजिन लामिछाने । विशेष सहयोगीका रुपमा रहेका छन् गणेश सुनार र चित्रलाल डाँगी ।
सिर्जना थापाले सल्लाहकारको भुमिका निभाएकी छिन् । मार्केटिङ्गको जिम्मा पाएका छन गणेश भाट यसी, जगत विसी र सुरज पाण्डेले ।वियोगान्त शव्द सिर्जना , लय र स्वरले श्रोतालाई भावनामा डुवाउन उक्त गीत सफल सफल हुने सर्जक तथा निर्माता अविरल लक्ष्मण गुल्मेलीले बताए ।
अहिले अडियो तयार भई सकेको र छायाङकनको काम पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सर्जक गुल्मेलीले अव छिट्टै तिन वटा अरु गीतहरु बजारमा ल्याँदै छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend