साझा नेटवर्क
प्रेम सुनार गुल्मी, फागुन २२ ।
आन्तरिक वाह्य पर्यटक भित्राउने उद्देश्यका साथ गुल्मीको सदरमुकाम तम्घासमा यहिले सम्मकै उच्च सुविधा सम्पन्न होटल हालै सञ्चालनमा ल्याएको छ ।तम्घासको वसपार्क देखि माथी र माईकास्थान देखि तल महिला विकास कार्यालय अगाडी युवा उद्यमी निरज मरासीनीले होटल एभरग्रिन सञ्चालनमा ल्याएका हुन् ।
केहि वर्ष अघि देखि तम्घासको क्याम्पस रोड लाईनमा सञ्चालनमा ल्याएको होटल एभरग्रिनलाई त्यहाँबाट सार्दै र त्यसको तेव्वर लगानी बृद्धि गर्दै तम्घासमा सवै भन्दा उच्च सुविधा सम्पन्न होटल सञ्चानमा ल्याएको सञ्चालक मरासीनीले दावि गरेका छन् ।
विशिष्ट व्यक्तिहरुलाई लक्षित गदैं सञ्चालनमा ल्याईएको होटल एभरग्रिनमा एसी सहितको डिलक्स रुम , सेमीनार हल , किचन सहितको अट्याच रुम र प्रशस्त पार्किङ्ग सुविधा रहेको छ । होटल एभरग्रिनमा गाडीको समेत सुविधा रहेको छ ।
त्यस्तै लामो समय सम्म बस्ने पाहुना वा अरुले पकाएको नखाने धार्मिक व्यक्तिहरुले किचन सहितको अट्याच रुममा आफै पकाएर खाने वस्ने सुविधा पनि रहेको छ ।
तम्घासका होटलहरु मध्ये सवै भन्दा बढि ८ वटा अट्याच रुम भएको र शान्त अनि एकान्त स्थान रहेकोले पनि होटल एभरग्रिनले विशेष गरी विशिष्ट व्यक्तिहरुलाई आकर्षित गर्ने देखिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend